रेडपाण्डाको आकर्षण लाङ्टाङको पर्यटक आगमनमा वृद्वि
रसुवा, २९ जेष्ठ । स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो ।
प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई रेडापाण्डा पदमार्ग घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो ।
रेडपाण्डाको संरक्षणमा कार्ययोजना बनाई अगाडि बढे पनि प्रचारप्रसारको कमी छ । रेडपाण्डा पर्यटक मार्ग नामकरण भएपछि यसको प्रभाव विश्वमै फैलिन गई हिमाली प्रकृतिको छटा, स्थानीय कला संस्कृतिका साथै रेडपाण्डा अवलोकनका लागि पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।
पर्यटक आगमनमा वृद्धि हुनासाथ पर्यटकको प्रवेश शुल्कबाट राजश्व वृद्धि हुने, पथ प्रदर्शक र होटल व्यवसायबाट स्थानीय बासिन्दाले रोजगारीको अवसर पाउने रेग्मी बताउछन् । ।
सहभागितामूलक तवरले रेडपाण्डा संरक्षण गराँै भन्ने भावना जगाउन फोहरजन्य वस्तु सुरक्षित ठाउँमा व्यवस्थापन गरी सबै पर्यटकीय क्षेत्र वातावरणमैत्री बनाउनु जरुरी भएको उनको भनाइ छ ।
सन् १९८७ मा ६ महिनाको अध्ययनपश्चात चन्दनबारी, ठूलो स्याँफ्रु, लाङ्टाङ मार्गको लामा होेटल आसपास क्षेत्रमा रेडपाण्डा भएको पुष्टि भएको थियो । सो कार्यमा स्व. प्रह्लाद योञ्जनको महत्वपूर्ण योगदान रहेको छ ।
रेडपाण्डा (रातो हाब्रे) संंरक्षणका लागि विश्व वन्यजन्तु सप्ताहको अवसर पारेर वर्षेनी साताव्यापी रुपमा रेडपाण्डा भलिबल प्रतियोगिता समेत सञ्चालन गरिँदै आएको छ । रेडपाण्डा संरक्षणका लागि नियमित गस्ती गरिँदै आएको छ । चोरी शिकारीलाई निरुत्साहित गर्न नेपाली सेनाले गस्ती तीव्र पारेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको उच्च भाग एक हजार ७१० वर्ग किलोमिटर संरक्षित क्षेत्र तथा ४२० वर्ग किमी मध्यवर्ती क्षेत्रमा रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गण तैनाथ रहेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











