रेडपाण्डाको आकर्षण लाङ्टाङको पर्यटक आगमनमा वृद्वि
रसुवा, २९ जेष्ठ । स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो ।
प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई रेडापाण्डा पदमार्ग घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो ।
रेडपाण्डाको संरक्षणमा कार्ययोजना बनाई अगाडि बढे पनि प्रचारप्रसारको कमी छ । रेडपाण्डा पर्यटक मार्ग नामकरण भएपछि यसको प्रभाव विश्वमै फैलिन गई हिमाली प्रकृतिको छटा, स्थानीय कला संस्कृतिका साथै रेडपाण्डा अवलोकनका लागि पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।
पर्यटक आगमनमा वृद्धि हुनासाथ पर्यटकको प्रवेश शुल्कबाट राजश्व वृद्धि हुने, पथ प्रदर्शक र होटल व्यवसायबाट स्थानीय बासिन्दाले रोजगारीको अवसर पाउने रेग्मी बताउछन् । ।
सहभागितामूलक तवरले रेडपाण्डा संरक्षण गराँै भन्ने भावना जगाउन फोहरजन्य वस्तु सुरक्षित ठाउँमा व्यवस्थापन गरी सबै पर्यटकीय क्षेत्र वातावरणमैत्री बनाउनु जरुरी भएको उनको भनाइ छ ।
सन् १९८७ मा ६ महिनाको अध्ययनपश्चात चन्दनबारी, ठूलो स्याँफ्रु, लाङ्टाङ मार्गको लामा होेटल आसपास क्षेत्रमा रेडपाण्डा भएको पुष्टि भएको थियो । सो कार्यमा स्व. प्रह्लाद योञ्जनको महत्वपूर्ण योगदान रहेको छ ।
रेडपाण्डा (रातो हाब्रे) संंरक्षणका लागि विश्व वन्यजन्तु सप्ताहको अवसर पारेर वर्षेनी साताव्यापी रुपमा रेडपाण्डा भलिबल प्रतियोगिता समेत सञ्चालन गरिँदै आएको छ । रेडपाण्डा संरक्षणका लागि नियमित गस्ती गरिँदै आएको छ । चोरी शिकारीलाई निरुत्साहित गर्न नेपाली सेनाले गस्ती तीव्र पारेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको उच्च भाग एक हजार ७१० वर्ग किलोमिटर संरक्षित क्षेत्र तथा ४२० वर्ग किमी मध्यवर्ती क्षेत्रमा रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गण तैनाथ रहेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












