काठमाडाैं महानगरपालिकालाई ‘घाँस’ उपहार, किन दिइयो त घास ?
काठमाडौं ५, असार । काठमाडौंका स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् । मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् ।
काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार विहान रानी पोखरीको सफाई गरेका थिए ।
सोही क्रममा रानी पोखरीको पुनर्निर्माणमा गति दिन दवाव स्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए ।
रानीपोखरीको सफाई सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई घाँस उपहार दिएका थिए ।
रानीपोखरी पुनर्निर्माणका लागि पनी सुकाइएपछि काठमाडौं महानगरपालिकाले पुनर्निर्माणमा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ । पुनर्निर्माणका क्रममा पुरतात्विक रानीपोखरीमा पानी अडाउनुपर्ने भन्दै कंक्रिटको वाल हालिएको छ ।
ब्यापक विरोध भएपछि त्यसलाई हटाउने निर्णय भएको छ । तर, कंक्रिट वाल हाल्ने र हटाउने गर्दा आफूलाई आर्थिक हानी भएको भन्दै ठेकेदार कम्पनी अदालतमा पुगेको छ ।
त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानी पोखरी पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले रानी पोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












