इन्जुरी टाइममा काउटिन्हो र नेमारको गोलले ब्राजिल विजयी
काठमाडौं ८, असार । पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ ।
ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।
फिलिप काउटिन्हो र नेमारले इन्जुरी टाइममा गरेको गोल मद्दतमा ब्राजिलले कोस्टारिकालाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो। समूहको पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको ब्राजिल २ खेलबाट ४ अंक जोड्दै शीर्ष सथानमा उक्लेको छ भने अन्तिम १६ को नजिक पुगेको छ ।
दोस्रो हाफको सुरुमै जेससले प्रहार गरेको बल पोष्टमा लाग्दा ब्राजिलले अग्रता लिने मौका गुमाएको थियो।
७९औँ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएको थियो। तर कवस्टारिकाको खेलाडीले अपल गरेपछि भिआरबाट रेफ्रीले उक्त पेनाल्टी दिएनन् ।
उता कोस्टारिकाले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा कवस्टारिका सर्बियासँग १-० ले नै पराजित भएको थियो ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












