चीन भ्रमण सफल : प्रधानमन्त्री
काठमाडौँ, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् ।
मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने, “नेपाल–चीनबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने तथा दुई देशबीच विगतमा सम्पन्न भएका सम्झौता र समझदारीको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्न आफ्नो भ्रमणले सफलता प्राप्त गरेको छ ।”
चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते चीन जानुभएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा महत्वपूर्ण सहमति तथा समझदारी भएको स्पष्ट पारे ।
उनले भने, “उच्चस्तरीय भ्रमणको आदानप्रदानमार्फत दुवै देशबीच विद्यमान सम्बन्धलाई विस्तार एवं थप मजबुत बनाउन दुवै देश सहमत भएका छौँ, राष्ट्रपतिका तर्फबाट महामहिम चिनियाँ राष्ट्रपति र चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु, चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको छु ।”
भ्रमणका क्रममा ऊर्जा सहयोग, मितेरी पुल र रसुवा पुल पुनःनिर्माणसम्बन्धी दुई छुट्टाछुट्टै सम्झौता भएको, मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको जानकारी दिदैं प्रधानमन्त्री ओलीले लगानी तथा उत्पादन क्षमता सहयोगसम्बन्धी समझदारीपत्र, नेपाल–चीन सहयोगअन्तर्गतका कार्यक्रम र परियोजनाको कार्यान्वयन सहजीकरणका लागि संयन्त्र स्थापना गर्नेसम्बन्धी दुई देशका परराष्ट्र मन्त्रालयबीचको समझदारीपत्रमा हस्ताक्षर भएको बताए ।
यस्तै दुई देशका परराष्ट्र मन्त्रालय सहयोग सुदृढीकरण, मानव संशाधनमा सहयोग र आर्थिक तथा प्राविधिक सहयोग सम्झौता भएका छन्, उनले भने, “सो सम्झौताअनुसार चीनले नेपाललाई तीन अर्ब चिनियाँ युआन सहयोग गर्ने विषय समावेश छ, चीनले यसअघि नै घोषणा गरेको प्रतिबद्धताअनुसार थप एक अर्ब युआन सहयोग प्राप्त हुनेछ ।”
प्रधानमन्त्री ओलीले नुवाकोट दरबार तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकमा भूकम्पका क्रममा भत्केका विद्यालयको पुनःनिर्माण गर्ने सम्झौतासमेत भएको उल्लेख गर्दै पूर्वी तराई नदी नियन्त्रण आयोजनाअन्तर्गत झापा जिल्लाका विभिन्न नौवटा नदी नियन्त्रणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।
नेपाल र चीनका सार्वजनिक र निजी क्षेत्रका व्यवसायीबीच जलविद्युत् तथा उत्पादनलगायतका विभिन्न नौ वटा सम्झौता सम्पन्न भएको बताउँदै उहाँले ती सम्झौताबाट ठूलो परिमाणमा चिनियाँ लगानी भित्रिने अपेक्षा गरिएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि गठन भएको वर्तमान सरकारका आगामी प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई अवगत गराउने तथा राष्ट्रिय एजेण्डाका रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चीन सरकारसँग सहयोगका विभिन्न क्षेत्रमा सहकार्य गर्न खोजिएको स्पष्ट पारे ।
भ्रमणका क्रममा चिनियाँ नेतृत्वबाट नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि नेपाललाई बधाई दिँदै नेपाल सरकारले देशलाई विकासको नयाँ चरणमा पु¥याउने आशा व्यक्त गरेको समेत उनले बताए ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई सफल बनाउन चीन सरकारले सहयोग गर्ने विश्वास दिलाएको उल्लेख गर्दै सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएका सम्झौता एवं समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको जानकारी दिए।
नेपाल र चीनबीच सम्पन्न ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी समझदारीको कार्यान्वयन गर्न रेलमार्ग, सडक, बन्दरगाह, हवाई मार्ग र सञ्चारजस्ता क्षेत्रमा सहयोग अगाडि बढाउन सहमति भएको बताउँदै उनले भ्रमणका क्रममा भएका सम्झौता तथा समझदारीपत्रबाट दुई देशबीच आर्थिक सहयोगको दायरालाई अझ फराकिलो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग विकासका लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोगसम्बन्धी कारवाही अगाडि बढ्ने बताउँदै सो लगत्तै काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार हुने विश्वास व्यक्त गरे ।
द्विपक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण समझदारी भएको र त्यसले सीमा वारपार यातायात सञ्जालसम्बन्धी सहयोगको क्षेत्रमा नयाँ आयाम थपिनेमा दुवै देशले विश्वास राखेको छ, उनले भने ।
प्रधानमन्त्री ओलीले हवाई सम्पर्कको विस्तार, स्थल यातायातका पूर्वाधार सुदृढीकरण, उत्तर दक्षिण जोड्ने यातायात सञ्जाललाई थप सुदृढ बनाउन सहमत भएको बताउँदै “कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर विकासका लागि सम्भाव्य सहयोग उपलब्ध गराउनेबारे थप अध्ययन गर्ने सहमति भएको छ भने ।”
विमान कम्पनीलाई सीधा हवाई सम्पर्क विस्तारका लागि मार्ग प्रशस्त भएको अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया शुरु गर्ने, पारवहन यातायात सम्झौताको शीघ्र कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकल तयार पार्नसमेत दुवै देशले सहमति जनाएको उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले रसुवागढी–केरुङ नाकालाई व्यवस्थित बनाउने, स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार तथा हिल्सामा पुल निर्माण गर्न दुवै पक्ष सहमत भएको उल्लेख गर्दै नेपालमा तेल तथा ग्यास अन्वेषणको अध्ययनका लागि सहयोग उपलब्ध गराउन तथा पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग प्राप्त गर्ने विषयमा चीन सहमत भएको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको घोषणालाई चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनले मानव स्रोत विकासका लागि प्रत्येक वर्ष ४०० भन्दा बढी तालीमका अवसर र सरकारी छात्रवृत्ति संख्यालाई बढाउनसमेत चीन सहमत भएको छ भने ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











