मध्यपुरथिमि नपाद्वारा घरबाटो सिफारिश र नक्सा पास रोक्का
भक्तपुर, १४ असार। नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ ।
कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार सम्मेलनमै यस्तो निर्णय सुनाएका हुन् ।
प्रमुख श्रेष्ठले भने –“कमेरोटार जग्गा एकीकरण आयोजना शुरु भएको १८ वर्ष भैसक्यो, यहाँभित्रको अनियमितता छानबिन गर्दै आयोजनाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने नगर परिषद्ले निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले आत्तिएर नगर प्रमुखलाई अध्यक्षबाट हटाएर एकलौटी गर्ने गैरकानूनी निर्णयको नगरपालिका घोर भत्र्सना गर्दछ ।”
नगर कार्यपालिकाको २१ अाैँ बैठकले कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रीका लागि घरबाटो सिफारिशलगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नका लागि पत्र पठाउने निर्णय गरेको गरेको हो ।
नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकीकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगर प्रमुख रहने व्यवस्था भएपनि प्राधिकरणको गत जेठ २२ गतेको बैठकले नगर प्रमुख श्रेष्ठलाई हटाएर दुबै आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षमा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षलाई राख्ने निर्णय गरेको हो ।
प्राधिकरणले नगर प्रमुखलाई अध्यक्षबाट हटाएको भोलि पल्ट नै सार्वजनिक सूचना जारी गर्दै कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका टुक्राहरु बिक्रीमा राखेको छ । बिक्रीमा राखेको नयाँ घरेडीको नामसारी, घरबाटो र नक्सा पासमा रोक लगाएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।
नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाअध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारविरुद्ध प्राधिकरण अगाडि बढेको आरोप लगाए । उनले प्राधिकरणको औचित्य समाप्त भइसकेको भन्दै प्राधिकरण खारेज गर्न माग गरे ।
जनताको जग्गामा मनोमानी मूल्य राख्दै बिक्री गर्ने, आयोजनाका सबै काम नसकी पटक पटक म्याद थप गर्दै यहाँ भएको मनोमानी र भ्रष्टाचार रोक्न खोज्ने नगरपालिकाको प्रमुखलाई अध्यक्षबाटै हटाउने काम भएबाट आक्रोशित नगरपालिकाका पदाधिकारीहरुले आयोजना नगरपालिकालाई हस्तान्तरण नगरे कुनै काम अगाडि बढ्न नदिने बताएका छन् ।
नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै नगर परिषद्बाट समेत स्वीकृत गराई आयोजनाको जिम्मेवारी लिने तयारी गर्दै गर्दा प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले अहिलेकै व्यवस्था अनुसार आयोजना चलाउन जबर्जस्ती गर्दै आएको ती पदाधिकारीको भनाइ छ ।
प्राधिकरणले कमेरोटार जग्गा एकीकरण आयोजनाको आयव्यय पारदर्शी रुपमा नराखेको र लेखा परीक्षणसमेत नगरी कराेडाै रुपैयाँ अपचलन गरेको नगरपालिकाको आरोप छ ।
प्राधिकरणको भक्तपुर शाखामा प्रमुखका रुपमा नवराज प्याकुरेल आएपछि मात्रै कमेरोटार जग्गा एकीकरण आयोजनामा पाँच पटक भन्दा बढी र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्र जग्गाका घडेरी दुई पटक बिक्री गरिसकिएको छ ।
भक्तपुर नगरपालिकामा सञ्चालित दुई वटा आयोजना भने प्राधिकरणले नगरपालिकालाई हस्तान्तरण गरेपछि शुरुदेखि नै नगरपालिकाले नै आयोजना सञ्चालन गर्दैआएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











