प्रेस काउन्सिललाई धरापमा पार्न खोज्नेलाई कारबाही हुने
काठमाडौँ, १९ असार । प्रेस काउन्सिल नेपाललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले बताएका छन् ।
नेपाल पत्रकार महासंघद्वारा सोमबार यहाँ आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रियामा नेपाल टेलिभिजनका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दागर्दै विषयलाई निरुपण गर्ने नभए अदालतमा जानुपर्ने सुझाव दिए ।
महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले पछिल्लो पटक रवि लामिछाने प्रकरणलाई काउन्सिलको मर्यादामाथि प्रहार र कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहारको रुपमा लिनुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफू अध्यक्ष रहेको अवस्थामा विभिन्न समयमा रवि लामिछानेविरुद्ध उजुरी आउने गरेको प्रष्ट पारे । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई कतिपय जिम्मेवार पत्रकारबाट नै सामाजिक सञ्जालमा गैरजिम्मेवार धारणा आएको भन्दै सोचेर मात्र धारणा राख्न आग्रह गरे ।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलका कार्यवाहक अध्यक्ष माथिको हमलाले काउन्सिलको छविमा प्रहार भएको भन्दै सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने धारणा राखे ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












