अनुभूति: मनकामना मातासंगको दर्शनभेटमा के कस्तो भयो ?
काठमाडाैं २३, असार । केहिदिन देखि नेपालमा परेको अविरल वर्षाका कारण तराइ डुबानमा परेको थियो भने पहाडमा पहिरोमा ।
लगातारको वर्षाले केहिले ज्यान गुमाउनु पर्यो भने कोहि घरवारविहिन बन्न पुगे । यि यस्तै घटनाक्रमले पत्र पत्रिका देखि अनलाइन पोर्टलका पेजहरु भरिएका थिए । फलानो ठाउँमा बाढिले वस्ती डुबानमा, फलानो ठाउँमा बाढिले यति मान्छे, पशु चाैपाया बगायो, फलानो ठाँउमा पहिरो जाँदा यतिजनाको मृत्यु !
यी सस्तै कुराले प्राथमिकता पाइरहेका बेला एउटा पोजना बनेको थियो, मनकामना दर्शनमा निस्कने ।
असार २० गते मनकामना माताको दर्शनका लागि मनकामना जाने निधो भएको थियो । सोहि दिन भने नारायाणगढ-मुग्लिन सडकखण्डको टोपे खोला र कालीखोलामा झण्डै ८५ मिटर लामो पहिरो गएको थियो । मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बिहानको करिव ५:३० तिर पहिरो गएको अनुमान प्रहरीको थियो । उक्त दिन पनि रिमझिम वर्षा भइरहेकै थियो ।
तर, मनाकामना दर्शनमा जानु पर्ने नै थियो । बाढी पहिरोको समाचारले आत्तिएको मनमा झन तेल-घ्यु थपेको थियो ८५ मिटर लामो पहिरोले !
जसोतसो दिउसोको १/२ बजेसम्म बाटो एकतर्फी खुलेको भन्ने पुष्ट समाचार आउन थाले देखि भने मनमा केहि हदसम्म भएपनि आशा पलाएको थियो । हुनत मनकामना पहिरो गएको ठाउँ भन्दा यतै पर्छ तर पनि ट्राफिक जाम अनि मनको डरले भने कताकता कुतकुत्याइरहेको थियो ।
अन्तत: मनकामना जाने पक्का नै भयो र लागियो मनाकामना दर्शनका लागि साझँको झण्डै ४:५० तिर काठमाडाैंको नयाँ बसपार्क हुदै मनकामना तर्फ । यात्रा हुने भयो माइक्रोबसमा !
नयाँ बसपार्क देखि मनकामनासम्मको भाडा भने ३५० देखि बार्गेनिङ गर्दा रहेछन् । माइक्रो व्यवसायीहरु ! यस्तैमा तीन सय भाडा दिने गरि ८ जनाको समुह लाग्यो मनकामना दर्शनका लागि मनकामना तिर ।
थानकोट चेक पोस्टसम्म पुगुन्जेल सम्म ठिकठाक चलेको माइक्रोबसले गति समात्न सकेको थिएन तर जव नागढुङ्गा काटेर आोरालो लाग्यो त्यो देखि भने माइक्रोबसले सातो लिने गरि गति समात्यो । झण्डै ९ बजे तिर मनकामना पुगेको हाम्रो समुहका लागि डर थियो होटेलको व्यवस्था छैन की भन्ने । दर्शनार्थीको भिडले होटेल भरिभराउ पो छन् की यी यस्तै कुराले पिरोलेको हामिलाई त्यस्तो कुनै समस्या भएन । बरु होटेलवालाहरु मेरोमा आउनुस् भन्नेको भिडले एकछिन त अलमलमा पार्यो ।
अन्तत: बस्ने भइयो थकाली भान्सा घरमा । थकालीका साहु मनाङबाट होटेल व्यवसाय गर्न त्यहा आएका रे । उनीहरु आँबुखैरेनीमा १० वर्ष होटेल व्यवसाय गरेर २०५५ सालमा केबुल कार बन्ने भएपछि त्यहा सरेका रे ! होटेल साहुसँगको कुराकानी धेरैबेर भएन हामि थाकेका थियाैं खाना खाइसकेपछि सुत्न कोठा तिर लागि हाल्याैं ।
बिहान ७ बजे मनकामना दर्शनका लागि ढोका खुल्दो रहेछ हामी त्यहि पर्खाइमा थियाै र ढोका खुल्यो र ८ बजेतिर केबुलकार चढेर मनकामना दर्शनका लागि लाग्याैं त्यसतर्फ । बिहानको समय निराहार मन्दिर दर्शनका लागि निस्केका हामिलाई जतिसक्यो छिटो मन्दिर पुग्ने रहर थियो नै ।
केबुलकारबाट आोर्लेपछि सुरु हुन्छ मनकामनाको राैनक । मनकामना पुग्नुअघि बजारमा जुन दृष्य थियो त्यो साँच्चिकै रमाइलो थियो यसकारण की त्यहाँका व्यापारीहरुको तानाखिचि देखेर ।

व्यापारीहरु कराउदै भन्दै थिए आउनुस् एक सय मै फोटो तयार हुन्छ मनकामना को चिनो स्वरुप फोटो खिचाउनुस् फर्किदा तयार हुन्छ.., दाइ दिदि खाना खान चाँहि हाम्रोमा आउनुस् है । कोहिले भन्दै थिए हाम्रोमा सुद्व शाकाहारी बन्छ कोहिले भन्दै थिए मार्सी चामलको भात र मासुका विभिन्न परिकार छ । र, सस्तो पनि !
यी यस्तै कुराहरु छिचोल्दै मनकामना माताको मन्दिर पुगियो । मन्दिर दर्शनका लागि गएका हामि उत्साहित थियाैं । मन्दिरमा पुगेर दर्शन गर्याैं । तर, मन्दिर भने भुकम्पले भत्काएर फेरि बन्दै थियो । मनकामना मातालाई सानो ठाउँ बनाएर स्थापना गरिएको रहेछ । जहाँ पण्डितहरु श्रद्वालु भक्तजनहरुलाई पुजापाठ गराउदा रहेछन् । उनीहरु गोत्र, नाम सोध्दै भक्तजनले लगेको पुजा सामाग्री पुजा गरेर टिका लगाउदै पठाउदै गर्नमा अभ्यस्त थिए ।
मानिसहरु कसैले परेवा छोडिरहेका थिए त कसैले भाले, बोका बलि चढाइरहेका थिए । यता म भने जिर्णेदार मन्दिर कहिले बन्ला भनेर सोचिरहेको थिए । यस्तैमा एक जना होटेल व्यवसायीसंग कुराकानी गर्ने माैका मिल्यो र मैले सोधे के छ मनकामनाको स्थिति ? व्यापार कस्तो छ ? यी युस्तै कुराहरु । उनले मिश्रित जवाफ दिए भुकम्प पश्चात मानिसको आवतजावतमा केहि कमि आएको छ अहिले फेरि अफ सिजन पनि हो दशै पछि मान्छेको भिडले यहाँ खुट्टा टेक्ने ठाँउ नै पाइदैन । व्यापार त चलेकै छ । यहाको भाडा मात्रै सुन्दा पनि सातो जान्छ भनेपछि आंकलन गर्नुस् न । मैले होटेल संचालनको लागि भनेर तीन फ्लाट भडामा लिएको छु जसमा माथिको दुई फ्लाटमा १२ कोठा छन् यसको भाडा वार्षिक ८ लाख छ ।
अन्त्यमा मनकामना माताको दर्शनका लागि जाने मानिसका लागि सहज सेवा दिने व्यवस्था गरि दिए मात्रपनि आन्तरिक तथआ बाह्य पर्यटकको आकर्षणलाई थप टेवा पुग्थ्यो नै । र अर्को कुरा सरकारले त्यहाँ नियमित बजार अनुगमन र मन्दिरको पुननिर्माण छिटो गरिदियो भने मात्रै पनि केहि राहत हुन्थ्यो की ?
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











