नुवाकोटमा नौहजार प्रतिष्ठानमा बत्तीस हजार जनशक्ति
नुवाकोट, २५ असार । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज विदुरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यहाँका १२ वटा स्थानीय तहअनुसार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) को संख्या आठ हजार ८०९ रहेको उल्लेख छ । ती प्रतिष्ठानमा महिलाको संख्या १३ हजार १९२ जना र पुरुष १८ हजार ८९० जना गरी ३२ हजार ८२ जना जनशक्ति आबद्ध भएको तथ्याङ्क कार्यालयका प्रमुख भविश्वर घिमिरेले जानकारी दिए ।
गत वैशाख १ गतेदेखि शुरु गरी जेठ मसान्तसम्म गरिएको स्थलगत तथ्याङ्कअनुसार यहाँको विदुर नगरपालिकामा तीन हजार १९, बेलकोटगढी नपामा ९४८, दुप्चेश्वर गाउँपालिकामा ७५६ वटा व्यावसायिक प्रतिष्ठान, तादीमा ५६९ औद्योगिक प्रतिष्ठान, सूर्यगढीमा ४०५, किस्पाङमा ४०९, म्यागङमा ४०४ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ ।
तथ्याङ्क कार्यालयका अनुसार तार्केश्वर गापामा ३८९ व्यावसायिक प्रतिष्ठान, लिखुमा ६०१, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० प्रतिष्ठान रहेको पाइएको छ ।
गणनाबाट प्रशासनिक, भौगोलिक र आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको संख्या, प्रतिष्ठानमा संलग्न तहगत, प्रकृति र लिङ्कअनुसार कर्मचारी संख्या, आर्थिक एकाइको घनत्व, कार्यरत जनशक्तिका आधारमा प्रतिष्ठानको औसत आकार, तलबी र बेतलबी कामदारको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको अनुपातिक वितरण निकालिएको घिमिरेले जानकारी दिए ।
आर्थिक गणनामार्फत प्रमुख पाँच आर्थिक क्रियाकलाप, पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयअनुसार प्रतिष्ठानको वितरणसमेत तयार गरिएको छ ।
घिमिरेका अनुसार गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार वितरण, ऋणमा पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत निकालिएको छ । “आर्थिक क्षेत्रमा पहिलो पटक प्रतिष्ठानमा नै पुगेर संकलन गरिएको विवरण संघीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण रुपमा लिन सकिन्छ” उनले भने ।
आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्यमा, अध्ययन तथा अनुसन्धान, उद्योग, व्यापार, श्रम, अन्य आर्थिक क्रियाकलाप र सेवा प्रदान गर्ने क्षेत्र, तथ्याङ्कीय सर्वेक्षणको नमूना तयार, नेपाल तथ्याङ्कीय व्यावसायिक रजिष्ट्रार निर्माण र राष्ट्रिय लेखा तथ्याङ्कको अभिवृद्धिका लागि सार्वजनिक भएको नतिजालाई ऐतिहासिक मानिएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












