ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने
काठमाडौँ, २५ असार । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।
जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो ।
“सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उहाँले भन्नुभयो, “यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँका बजार खुलाउन थालेका हौँ ।”
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ ।
बजार खुलाउनका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
उनका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले २४ घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा (क्लब, डिस्कोथेक, पव, डान्सबार, दोहोरी, मसाज) होटल तथा गेष्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोल पम्प), मेडिकल सेवा, यातायात सेवा र बैंकिङ सेवा (विदेशी मुद्रा सटही काउन्टर, एटिएम) हुनुपर्ने उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमा सुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभी जडानसमेत गरिने जानकारी गराए ।
समितिले होटलको रिसेप्सन, प्यालेस, लवीजस्ता ठाउँमा अनिवार्य सिसीटिभी जडान गर्नुपर्ने, होटलमा बस्ने ग्राहकलाई भेट्न आउने आगन्तुकको समेत विवरण राख्नुपर्ने, शंकास्पद र असामान्य गतिविधि पाइएमा प्रहरीलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको छ ।
यस्तै, सिसीटिभी राखिएको ठाउँमा एक महिनासम्मको डाटा सुरक्षित राख्ने व्यवस्था गर्ने, सिसीटिभी राख्नका लागि अनिवार्य जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने, डिस्को डान्सजस्ता धेरै ग्राहक भीडभाड हुने र मदिरापान हुने स्थान भुइँतलामा मात्र सञ्चालन गर्न पाउने, पर्याप्त मात्रामा उज्यालो हुनुपर्ने, कामदारका लागि सभ्य र भद्र किसिमको ड्रेसकोड कायम गर्नुपर्ने, सुरक्षाकर्मी र कामदारको विस्तृत विवरण अद्यावधिक राख्नुपर्ने, सुरक्षाकर्मीको हकमा आचारसहिंता लागू गर्नुपर्ने, सयभन्दा बढी क्षमता भएका स्थानमा प्राथमिक उपचारका सामग्रीसहित एकजना पारामेडिकल राख्नुपर्नेलगायतका कुरा उल्लेख गरिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले रात्रिमा सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारीसमेत भएको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पर्यटकीय क्षेत्रमा चौबीसै घण्टा खुलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












