ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने
काठमाडौँ, २५ असार । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।
जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो ।
“सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उहाँले भन्नुभयो, “यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँका बजार खुलाउन थालेका हौँ ।”
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ ।
बजार खुलाउनका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
उनका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले २४ घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा (क्लब, डिस्कोथेक, पव, डान्सबार, दोहोरी, मसाज) होटल तथा गेष्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोल पम्प), मेडिकल सेवा, यातायात सेवा र बैंकिङ सेवा (विदेशी मुद्रा सटही काउन्टर, एटिएम) हुनुपर्ने उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमा सुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभी जडानसमेत गरिने जानकारी गराए ।
समितिले होटलको रिसेप्सन, प्यालेस, लवीजस्ता ठाउँमा अनिवार्य सिसीटिभी जडान गर्नुपर्ने, होटलमा बस्ने ग्राहकलाई भेट्न आउने आगन्तुकको समेत विवरण राख्नुपर्ने, शंकास्पद र असामान्य गतिविधि पाइएमा प्रहरीलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको छ ।
यस्तै, सिसीटिभी राखिएको ठाउँमा एक महिनासम्मको डाटा सुरक्षित राख्ने व्यवस्था गर्ने, सिसीटिभी राख्नका लागि अनिवार्य जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने, डिस्को डान्सजस्ता धेरै ग्राहक भीडभाड हुने र मदिरापान हुने स्थान भुइँतलामा मात्र सञ्चालन गर्न पाउने, पर्याप्त मात्रामा उज्यालो हुनुपर्ने, कामदारका लागि सभ्य र भद्र किसिमको ड्रेसकोड कायम गर्नुपर्ने, सुरक्षाकर्मी र कामदारको विस्तृत विवरण अद्यावधिक राख्नुपर्ने, सुरक्षाकर्मीको हकमा आचारसहिंता लागू गर्नुपर्ने, सयभन्दा बढी क्षमता भएका स्थानमा प्राथमिक उपचारका सामग्रीसहित एकजना पारामेडिकल राख्नुपर्नेलगायतका कुरा उल्लेख गरिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले रात्रिमा सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारीसमेत भएको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पर्यटकीय क्षेत्रमा चौबीसै घण्टा खुलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












