महानगरपालिकामा आवश्यकभन्दा १० गुणा कम नगर प्रहरी
ललितपुर २५, असार ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् ।
महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए ।
उहाँ भन्नुहुन्छ, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका अति आवश्यक काममात्रै गर्न सकेका छाँै ।”
स्थानीय सरकार सञ्चालन ऐनले महत्वपूर्ण जिम्मेवारी दिए पनि जनशक्ति कमीले गर्दा बढी महत्वपूर्ण काममा बढी लाग्नुपरेको महर्जन बताउनुहुन्छ । जनशक्ति पर्याप्त भए थप प्रभावकारी रुपमा काममा लाग्न सकिने महर्जन महर्जनले बताए ।
उहाँ भन्नुहुन्छ, “अहिले हामीले नियमित नगरी नहुने काममा जोड दिएका छौँ ।”
नगर प्रहरी अहिलेसम्म २०५५ सालमा कायम भएको ३० जना दरबन्दीका आधारमा सञ्चालनमा छ । त्यही दरबन्दीभन्दा सातजना कम अर्थात् २३ जना नगर प्रहरी अहिले कार्यरत छन् ।
दुई दशक पहिलेभन्दा अहिले क्षेत्रफल र जनसंख्या दुवै ह्वात्तै बढेको छ । पहिले उमहानगरपालिका हुँदा २२ वडा र जम्मा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले क्षेत्रफल ३२ वर्ग किलोमिटर भएको महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरपालिका हुँदा वडा र जनसंख्या पनि ह्वात्तै बढेको छ ।” नयाँ ठाउँ थपिने र पुरानो ठाउँमा पनि जनसंख्या वृद्धि भएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












