महानगरपालिकामा आवश्यकभन्दा १० गुणा कम नगर प्रहरी
ललितपुर २५, असार ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् ।
महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए ।
उहाँ भन्नुहुन्छ, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका अति आवश्यक काममात्रै गर्न सकेका छाँै ।”
स्थानीय सरकार सञ्चालन ऐनले महत्वपूर्ण जिम्मेवारी दिए पनि जनशक्ति कमीले गर्दा बढी महत्वपूर्ण काममा बढी लाग्नुपरेको महर्जन बताउनुहुन्छ । जनशक्ति पर्याप्त भए थप प्रभावकारी रुपमा काममा लाग्न सकिने महर्जन महर्जनले बताए ।
उहाँ भन्नुहुन्छ, “अहिले हामीले नियमित नगरी नहुने काममा जोड दिएका छौँ ।”
नगर प्रहरी अहिलेसम्म २०५५ सालमा कायम भएको ३० जना दरबन्दीका आधारमा सञ्चालनमा छ । त्यही दरबन्दीभन्दा सातजना कम अर्थात् २३ जना नगर प्रहरी अहिले कार्यरत छन् ।
दुई दशक पहिलेभन्दा अहिले क्षेत्रफल र जनसंख्या दुवै ह्वात्तै बढेको छ । पहिले उमहानगरपालिका हुँदा २२ वडा र जम्मा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले क्षेत्रफल ३२ वर्ग किलोमिटर भएको महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरपालिका हुँदा वडा र जनसंख्या पनि ह्वात्तै बढेको छ ।” नयाँ ठाउँ थपिने र पुरानो ठाउँमा पनि जनसंख्या वृद्धि भएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











