बैँकिङ कारोवारले सदरमुकाममा भिडभाड
बैतडी २६, असार । जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ ।
सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।
बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आउनुभएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत हुने गरेको बताए।
गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भिड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भिड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताए।
जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











