पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर अझै हट्न बाँकी
रत्ननगर, चितवन, २६ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर अझै हटेका छैनन् ।
जोखिम क्षेत्रका ४५ घरमध्ये ३४ घरपरिवार मुआब्जा लिएर गए पनि अटेर गरी बसेका इच्छाकामना गाउँपालिका–६ कालिखोलाका ११ घर अझै हट्न नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्षको असार १४ गते यहाँ संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षण भएपछि तत्कालै पहिरो जोखिम क्षेत्र पहिचान गरी बस्ती सुरक्षित राख्न गठित अनुगमन समितिले निर्देशन दिएको थियो ।
उक्त निर्देशनअनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो जोखिम क्षेत्रमा ४५ घर पहिचान गरी हटाउने प्रक्रिया थालेको थियो । यहाँको कालिखोला, तोपेखोला, चोर खोला, केराबारी र सेती दोभानको बस्ती पहिरोको उच्च जोखिममा थिए ।
जोखिम क्षेत्रका घरको कूल रु एक करोड ६४ लाखको मुआब्जा निस्किएकामा झण्डै ८० प्रतिशत घरले मुआब्जा लिएर गएको र अधिकतम एउटा घरले रु १५ लाखसम्म मुआब्जा पाएको इन्जिनियर खनालल बताए ।
सोमबारमात्रै यहाँको टकमायाँ गुरुङलाई रु नौ लाख ५४ हजार र दिलकुमारी गुरुङलाई रु दुई लाख २८ हजार मुआब्जाबापतको रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।
उनीहरुलाई शुरुमा तोकिएको रकमको एक तिहाई उपलब्ध गराइने र घर हटाइसकेपछि बाँकी भुक्तानी गरिनेछ । बाँकी ११ घर पनि छिट्टै हट्ने नारायणगढ–मुग्लिक सडक आयोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












