कान्तिपुर र द काठमाडाैं पोस्टका सम्पादकद्वारा संयुक्त राजीनामा
काठमाडाैं २६, असार । कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएका छन् ।
दुवै सम्पादकको राजिनामाका बारेमा उनीहरुले आआफ्नो समाचार कक्षमका पत्रकारलाई जानकारी गराएको जनाइइएको छ । यसबारे व्यवस्थापनबाट बुधबार औपचारिक जानकारी आउने उनीहरूले बताएका थिए ।
दुवै सम्पादकको केही समयदेखि व्यवस्थापनसँग मतभिन्नता रहेको र पछिल्ला दिनमा दुवै पक्षबीच छलफल भए पनि सहमतिमा पुग्न नसकेको कान्तिपुरका पत्रकार बताउँछन्।
अनौपचारिक रुपमा भारतीय लगानीकर्ता कान्तिपुर हाउसमा भित्रिएको विषय केही दिन यता चर्चामा रहेको भए पनि सम्पादकहरुले त्यसबारे औपचारिक मिटिङमा मुख खोलेनन् । उनीहरुले भोलि औपचारिक रुपमा राजिनामा घोषणा गर्ने सहकर्मीहरुलाई जानकारी दिएका हुन् । काम गर्ने परिस्थिति नभएकाले छाड्न लागेको मात्र उनीहरुले बताएका छन् ।
कान्तिपुरका पूर्व सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले सन् २००८ मा राजीनामा दिएपछि शर्मा र उपाध्यायले १० वर्षदेखि पत्रिकाको नेतृत्व सम्हाल्दै आएका थिए।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












