बजेटले बाइकको मूल्य पुग्यो एक करोड, दर्ता शूल्क मात्रै दुई लाख
अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेका छन्
काठमाडाैं २७, असार । सामान्यतया डुकाटी मोटरसाइकलको मूल्य कति पर्ला भन्दा ४०/५० लाखसम्म भन्दा जिब्रो टोक्ने नेपालीका लागि होस नै उड्ने गरि मूल्यमा बृद्वी भएको छ ।
बजेटबाट अन्तशुल्क बढेपछि महँगा मोटरसाइकलको मूल्य करोड हाराहारीमा पर्ने देखिएको छ ।
नेपालमा साेखका लागि धनिमानी वर्गले प्रयोग गर्दै आएको बाइकको मूल्य दोब्बरले बढेको छ । ४ सय सीसी भन्दा माथिका बाइकको मूल्य प्रायमा दोब्बर मूल्य बढ्ने जनाइएको छ । त्यस्तै, केहि मात्रमा बिक्रि हुने डुकाटी ब्राण्डको बाइक बजेट अघि ५० लाख पर्नेको मुल्य करोड पुगेको छ ।
डुकाटी बाइकको अधिकृत बिक्रेता डुकाटी काठमाडौंका चेयरम्यान अभिनवजंग बहादुर राणाका अनुसार १२ सय सीसीको डियाभेल,मल्टीस्ट्राडा बाइकको मूल्य करोड हाराहारीमा पुगेको छ। यो बाइकको मूल्य ५०देखि ६० लाख रुपैयाँ थियो। उनका अनुसार यी बाइक वर्षमा चार वटासम्म बिक्री हुन्थे ।
चार सय सीसीको डुकाटी स्ट्राम्ब्लर समेत महँगो भएको छ। उनका अनुसार बजेट अघि १८ लाख रुपैयाँ पर्ने स्ट्राम्ब्लरको नयाँ मूल्य २४ लाख रुपैयाँ पुगेको छ।अन्तशुल्क मात्रै होइन चार सय सीसी माथिका वाइकको सवारी दर्ता शुल्क मात्रै दुर्इ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आठ वर्ष अगाडीदेखि नेपालमा डुकाटी बाइक विक्री गर्दै आएको हो। सुरुवातको पहिलो वर्षमै कम्पनीले २५ वटा मोन्सटर र हाइपरमोटार्ड विक्री गरेको थियो । अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेको जनाइन्छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












