बजेटले बाइकको मूल्य पुग्यो एक करोड, दर्ता शूल्क मात्रै दुई लाख
अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेका छन्
काठमाडाैं २७, असार । सामान्यतया डुकाटी मोटरसाइकलको मूल्य कति पर्ला भन्दा ४०/५० लाखसम्म भन्दा जिब्रो टोक्ने नेपालीका लागि होस नै उड्ने गरि मूल्यमा बृद्वी भएको छ ।
बजेटबाट अन्तशुल्क बढेपछि महँगा मोटरसाइकलको मूल्य करोड हाराहारीमा पर्ने देखिएको छ ।
नेपालमा साेखका लागि धनिमानी वर्गले प्रयोग गर्दै आएको बाइकको मूल्य दोब्बरले बढेको छ । ४ सय सीसी भन्दा माथिका बाइकको मूल्य प्रायमा दोब्बर मूल्य बढ्ने जनाइएको छ । त्यस्तै, केहि मात्रमा बिक्रि हुने डुकाटी ब्राण्डको बाइक बजेट अघि ५० लाख पर्नेको मुल्य करोड पुगेको छ ।
डुकाटी बाइकको अधिकृत बिक्रेता डुकाटी काठमाडौंका चेयरम्यान अभिनवजंग बहादुर राणाका अनुसार १२ सय सीसीको डियाभेल,मल्टीस्ट्राडा बाइकको मूल्य करोड हाराहारीमा पुगेको छ। यो बाइकको मूल्य ५०देखि ६० लाख रुपैयाँ थियो। उनका अनुसार यी बाइक वर्षमा चार वटासम्म बिक्री हुन्थे ।
चार सय सीसीको डुकाटी स्ट्राम्ब्लर समेत महँगो भएको छ। उनका अनुसार बजेट अघि १८ लाख रुपैयाँ पर्ने स्ट्राम्ब्लरको नयाँ मूल्य २४ लाख रुपैयाँ पुगेको छ।अन्तशुल्क मात्रै होइन चार सय सीसी माथिका वाइकको सवारी दर्ता शुल्क मात्रै दुर्इ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आठ वर्ष अगाडीदेखि नेपालमा डुकाटी बाइक विक्री गर्दै आएको हो। सुरुवातको पहिलो वर्षमै कम्पनीले २५ वटा मोन्सटर र हाइपरमोटार्ड विक्री गरेको थियो । अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेको जनाइन्छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












