चीन जाने तयारिमा ‘रुपसी र भद्र’
काठमाडौं २७,असार। नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँै ल्याइएको छ ।
चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिए।
काठमाडाँै ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ । अहिले उक्त गैंँडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ ।
विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ ।
“सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैँंडालाई एक दिन अगावै काठमाडौँ ल्याइएको हो,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो । उहाँपनि गैँंडासँगै काठमाडौँ आएका छन ।
“बाटोमा कुनै समस्या भएन, सहज रुपमा गैँंडा काठमाडौँ ल्याइयो,” उहाँले भन्नुभयो, “भोलि चीन पठाइने तयारीमा जुटेका छौँ ।” बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैँंडा ल्याइएको हो ।
राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह–सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंँडालाई स्कटिङ गरेको थियो । काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नं र रुपसीलाई ना७ख १२७० नं को ट्रकमा हालेर ल्याइएको हो ।
गैंँडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो । पशु चिकित्सकसहित तीन जना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए ।
“गैँडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैँंडा लिएर आएका छौंँ, बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ,” कोषका चितवन प्रमुख अर्यालले भने।
घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्याल बताउनुहुन्छ । बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंँडालाई दाना पानी खुवाइएको थियो । बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंँडालाई काठमाडौँ ल्याइएको हो ।
रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिने छ । बाँकी एक जोडी गैँंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा९सानो खोर०मा राखिएको छ । सरकारी निर्णय अनुसार उक्त जोडी गैंँडालाई आगामी आर्थिक वर्षमा पठाइने छ ।
काठमाडौँबाट गैंँडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँंडासँगै चीन जाँदै छन ।
चीनमा गैंँडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताउनुभयो । गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो ।
नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंँडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेको छ । चितवनमा मात्रै ६०५ गैंँडा रहेको तथ्यांक छ । ९तस्वीर उपलब्ध छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












