छ महिनामा एचआइभी संक्रमित को सङख्या६९
चितवन २८,असार।जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ ।
भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा भेटिएको सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बुधबार आयोजित अन्तक्र्रियामा जानकारी दिए।
एचआइभी र क्षयरोगको संक्रमण देखिएको आशंकामा ४३४ जनाको परीक्षण गरिएकामा १० जनामा दुवै रोग लागेको भेटिएको छ । यससँगै जिल्लामा एचआइभी संक्रमित खुलेर आउनेको संख्या एक हजार ६१६ जना पुगेको छ । उनीहरुमध्ये ८४२ पुरुष, ६४८ महिला र १२६ बालबालिका छन् । अहिले सेन्टरमा एचआइभी एड्स रोकथामका लागि ८१५ जनाले एआरभी औषधि प्रयोग गर्दै आइरहेको सेन्टरले जनाएको छ ।
सेन्टरले सन् २०१७ जुनसम्ममा सात हजार ६३९ जनाको एचआइभी परीक्षण गरेकामा ४७ जनामा एचआइभी संक्रमण भेटिएको थियो । अघिल्लो वर्ष संक्रमण देखिएका सहित सन् २०१८ मा मात्रै ९४ जना नयाँ संक्रमितले औषधि शुरु गरिसकेका छन् । एचआइभी संक्रमण रोक्नका लागि जिल्लाका विभिन्न स्थानमा ५५ हजार ४१७ थान कण्डम वितरण गरिएको छ ।
प्रदेश नं ३ र ७ एचआइभी संक्रमणका दृष्टिले जोखिम प्रदेश रहेको जनाइएको छ । नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान छ । तीमध्ये १९ हजार ७०२ जनामा सो संक्रमण पत्ता लागिसकेको छ । उनीहरुमध्ये १५ हजार २६० जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।
जिल्लामा छ महिनामा एचआइभी संक्रमित पाँच जनाको मृत्यु भएको छ । सन् २०१७ मा ११ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार जना एआरभी औषधि सेवन गरेका छन् । नियमित औषधि सेवन नगर्ने र औषधिसँगै मादक पदार्थ सेवन गर्नेको बढी मात्रामा मृत्यु हुने गरेको बताइएको छ ।
पछिल्लो समयमा एचआइभी संक्रमितमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले क्षयरोगको संक्रमण बढ्दै गएको पाइएको भरतपुर अस्पतालका फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो । अन्य रोगको तुलनामा संक्रमित ५० प्रतिशतमा क्षयरोगको संक्रमण हुने खतरा छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












