काभ्रेको रोशीखोला बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
काभ्रे २८, असार । बाढीका कारण काभ्रेको नमोबुद्व-६ स्थित खाक्सेको रोशीखोलामा भेल बढेपछि फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्वार गरेको छ ।
उनीहरु डोजर चालक र सहचालक रहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जनाएका छन् । अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई उद्वार पश्चात हेलिकप्टरबाट काठमाडाैं पठाइएको छ ।
खोलाको बहाव धेरै भएका कारण जमिनबाट उद्वार असज भएपछि हेलिकप्टरको सहायता लिनु परेको प्रमुख जिल्ला अधिकारी राउतले जनाएका छन् ।
जिल्लामा हालसम्म कुनै माननवीय क्षती नभएको र जोखिमपूर्ण स्थानमा विशेष सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी राउतले बताएका छन् ।
बुधबार राति परेको अविरल वर्षापछि आएको बाढीले झन्डै ९ घण्टासम्म अरनीको राजमार्ग अवरुद्ध परेको छ ।
बनेपाको पुण्यमाता नदीमा बाढी आउँदा बनेपा पुलबजारदेखि धनेश्वरसम्म डुवानमा परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
वर्षका कारण आएको बाढीले बनेपा-८ स्थित जीवन नकर्मीको निमाणर्ाधीन घरमा बस्ने मजदुरहरु अलपत्र परेपछि सेनाले उद्धारसमेत गरेको थियो ।
अरनाीको राजमार्ग बनेपा पुलबजार खण्ड विहान २ बजेदेखि बाढीका कारण ९ घण्टासम्म अवरुद्ध भएको थियो । जसले गर्दा, राजमार्ग भएर आवत जावत गर्ने यात्रुहरु बनेपामा अलपत्र परेका थिए ।
बनेपा, धनेश्वर, लगायतका स्थानका घरहरुको पहिलो तल्लामा बाढी पस्दा राति भागाभाग भएको थियो ।
ग्रामीण सडकहरुमा पहिरोले यातायात अवरुद्ध भएको छ भने दर्जन बढी घर भत्किएका छन् । केही पशु चौपायको क्षती भएपनि मानवीय क्षति भने भएको छैन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











