राउटेलाई पहिलो पटक परिचयपत्र, फिरन्ते जीवनबाट सामाजिक सुरक्षाभत्तासम्म
सुर्खेत ३१, असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।
स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख छ ।
राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको उहाँले जानकारी दिए । गाउँपालिकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्वार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरिएको पनि अध्यक्ष ओलीले बताए ।
गाउँपालिकाले नियुक्त गरेका कर्मचारी राउटे समुदाय जहाँ जहाँ पुग्छन् र बस्छन् त्यहीँ पुगेर काम गर्ने र दैलेखसहित, सल्यान, दाङ, अछाम, सुर्खेत लगायतका जिल्लामा बसोबास गर्ने सबै राउटे समुदायले अब दैलेखको गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उनले बताए ।
उक्त समुदायका महामुखिया महिनबहादुर शाहीले सरकारले परिचयपत्रभन्दा खाद्यान्न र पैसा दिए आफूहरुलाई पेट पाल्न सजिलो हुने बताए । सधैँ एकै ठाउँमा नबस्ने भएकाले परिचयपत्रभन्दा खाद्यान्न भए सजिलो हुने उनको भनाइ थियो । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको ४२ घरमा १४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी जानकारी दिए ।
उनका अनुसार राउटे समुदायमा एक महामुखियासहित चार जना मुखिया छन् । उक्त समुदायमा ६१ वर्ष माथिका १४, ४१ देखि ६० वर्ष सम्मका २० तथा १६ देखि ४० वर्ष सम्मका ४४ जना छन् भने ८ देखि १५ वर्षसम्मका २४ र सात वर्ष सम्मका ४७ बालबालिका तथा एकल महिलाको संख्या ११ जना छन् आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्ने गरेको महामुखिया शाहीले बताए । पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले परिचयपत्रभन्दा खाद्यान्न र पैसा भए आफूहरुलाई जिउन सजिलो हुने बताउने गरेका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












