‘जिरो होम डेलिभरी’ वडा घोषणा
चितवन ३१,असार । दक्षिण चितवनको माडी नगरपालिका–७ जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा भएको छ ।
उक्त वडामा ७८ जना सुत्केरीमध्ये ७५ जना स्वास्थ्य संस्थामै सुत्केरी भएको र तीन जना अस्पताल लैजाने क्रममा बाटोमै सुरक्षित सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको माडी नगरपालिकाका स्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीले जानकारी दिए ।
यही असार १३ र १४ गते यहाँ १६ जनाको सहभागितामा उक्त वडामा स्थलगत अध्ययन भएको थियो । सोही अध्ययन प्रतिवेदनअनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि शनिबार उक्त घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उनले बताए ।
उक्त वडामा माडीको जगन्नाथपुरी, देवेन्द्रपुर, घाँगर, किर्तनपुर, गोपालनगर र गौरीनगर गाउँ पर्दछ । कुनै पनि स्वास्थ्य संस्था नभएको उक्त वडामा यसरी घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले प्रतिक्रिया दिनुभयो । “यो शुरुआत हो, अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्छ, यस्ता सन्देश वडावडामा पुगोस्,” उहाँको भनाइ थियो ।
पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्नेमा जोड दिँदै प्रमुख झाले भने, “यसले पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारी नारालाई सार्थक बनाउन मद्त गर्छ ।” यी सबै सेवा लिँदा एक जना सुत्केरीले विभिन्न समयमा गरेर रु एक हजार ९०० भत्तासमेत पाउने भएकाले यस्ता सन्देशहरु गाउँगाउँ पुर्याउनुपर्नेमा जनस्वास्थ्य कार्यालयको जोड छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडा नं ७ को नतिजाले मानिसमा चेतना बढेको पाइएको छ भन्दै माडी क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताए । जिल्लाको एक तथ्यांकअनुसार अस्पतालमा सुत्केरी हुनेको संख्या ६२ प्रतिशत छ । अझै पहाडी क्षेत्रमा अस्पताल जाने चलन कम छ । अस्पतालमा ढिलो गरी पुग्ने अवस्थाले कतिपय जोखिम हुने गरेको छ । सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











