खुला विश्वविद्यालयप्रति बढ्दो आकर्षण
काठमाडौँ ३१,असार । खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले जानकारी गराए।
जेठ १३ गतेदेखि पहिलोपटक कक्षा सञ्चालन गरेको खुला विश्वविद्यालयले भदौदेखि कक्षा सञ्चालन गर्नका लागि थप चार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।
उनका अनुसार स्नातकोत्तर तहमा व्यवस्थापन प्रशासन (एमबिए) र विकास, व्यवस्थापन र सरकार (एमएसडिएमजी) तथा स्नातक तहमा कानूनमा (एलएलबी) र व्यवस्थापनमा वाणिज्य विज्ञान (बिबिएस) तहको कक्षा सञ्चालन गर्न थालेको छ ।
कक्षा सञ्चालन गर्नका लागि विश्वविद्यालयले विद्यार्थीलाई प्रवेश परीक्षाका लागि फारामसमेत खुलाइसकेको छ ।
उनले प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भदौको पहिलो हप्तादेखि कक्षा सञ्चालन गरिने जानकारी गराए ।
अहिले खुला विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राध्यापकको कमीले गर्दा ५० जनामात्र भर्ना गर्ने उनले बताए ।
पहिलोपटक नेपालमा खुलेको खुला विश्वविद्यालयमा नयाँ विषय र घरमा बसी पढ्न सकिने भएकाले आकर्षण बढेको हो ।
विद्यार्थी पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैंदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्ने भएकाले खुला विश्वविद्यालयप्रति आकर्षण बढेको पाइएको छ ।
विश्वविद्यालयले अनलाइनको माध्यमबाट प्राध्यापकले बेलुका ६ देखि ९ बजेसम्म पढाउने गरेका छन् ।
इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्ने उपकुलपति शर्माले बताए ।
उनले प्राध्यापक र विद्यार्थीबीच सहकार्य गर्नका लागि प्रत्येक सेमेष्टरमा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रियासमेत गरिँदै आएको जानकारी गराए
विश्वविद्यालयले अध्ययनका लागि अध्ययन सामग्री छलफल सामग्री र इ–लाइब्रेरी अनलाइनमा राखिएका हुन्छन् ।
विश्वविद्यालय अहिले डेढ वर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एक वर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुएट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुई वर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।
व्यवस्थापन र कानून संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकायबाट साधारण विषयदेखि इञ्जिनियरिङसम्म र विज्ञान, स्वास्थ्य र प्रविधि संकायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुने गर्छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












