देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने
चितवन, ३२ असार । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो ।
शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख कुमार घिमिरेका अनुसार दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।
निर्माणकर्ताले विद्युतीय उपकरण राख्ने भवन, आवश्यक सम्पूर्ण उपकरण र पार्किङसमेत निर्माण गर्नुपर्ने हुन्छ । उनका अनुसार दुई वटा विद्युतीय शव दाह उपकरण जडान गरिनेछ । एकै पटकमा दुई वटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेले बताए ।
बढीमा एक घण्टामा एउटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेको भनाइ छ । अत्याधुनिक उपकरण हुने भएकाले वातावरणीय प्रदूषण नहुने उनले बताए । राजधानी बाहिरको पहिलो विद्युतीय शव दाह देवघाटमा निर्माण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले महानगरपालिकाको विशेष पहलमा विद्युतीय शव दाहस्थल निर्माण गर्न लागिएको बताए ।
दैनिक ३५ वटासम्म शव देवघाटमा ल्याइने गरिन्छ । जसका लागि आवश्यक पर्ने दाउरा पु¥याउन कठिन भइरहेको अवस्थामा विद्युतीय शव दाहस्थल निर्माणसँगै दाउरा र प्रदूषणको समस्या हट्ने उनले बताए ।
देवघाटमा मानिसको अन्त्येष्टि गरिएको दाउरा र थोत्रा कपडाले नारायणी नदी प्रदूषित बन्दै आएको छ । जसका कारण स्नान गर्न आउने भक्तजनहरु र जलचर प्राणी प्रभावित हुँदै आएका छन् ।
चितवनसहित नेपालका विभिन्न क्षेत्रबाट अन्त्येष्टिका लागि शव देवघाट ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्ष प्राप्ति हुने विश्वास रहिआएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












