कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
इनरुवा २,साउन। सुनसरी जिल्ला धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्छन ।
उनले आफ्नै १५ कट्ठा जग्गामा वार्षिकरुपमा अदुवा र बेसार खेती गर्छन। तर अनलाई कसरी बेसार र अदुवा खेती गर्ने भने ज्ञानको अभावका कारण विभिन्न समस्या झेल्दै आएकाछन ।
उनले ज्ञानको अभावका कारण गरेको बेसार र अदुवा खेतीले आम्दानीसमेत भनेजति गर्न सकेका छैनन्। तर सुनसरीको धरानमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अदुवा बेसार जोन एकाइले अदुवा बेसारको खेतीसम्बन्धी तालीम प्रदान गरेपछि अब आफूलाई खेती गर्नका लागि सहज भएको उनको भनाइ छ ।
आफूले विधिवत् र वैज्ञानिक ढंगले अदुवा र बेसारको खेती गर्न नजानेका कारण विभिन्न समस्याको सामना गर्दै आएको बताउछन अब तालीम प्राप्त गरेपछि त्यहीअनुसारको खेती गर्ने तपेन्द्र राईले बताए ।
उनजस्तै सुनसरी धरान–२० विष्णुपादुकाका राजेन्द्रप्रसाद तामाङलाई समेत कसरी अदुवा खेती गर्ने, कति जग्गामा कति अदुवाको बीउ दिने, कति मलखाद दिने भन्ने विषयमा ज्ञानको अभाव थियो । तर उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोन एकाइबाट तीनदिने तालीम प्राप्त तथा उत्पादन प्रविधि प्रदर्शन गरेपछि अब अदुवा खेती गर्नका लागि सहजता भएको उनको भनाइ छ ।
ज्ञान र सीपको अभावका बीच पनि उनले अदुवा खेती गर्दै आएकोमा अब तालीम प्राप्त गरेपछि खेती गर्नका लागि सहजता ल्याउनुका साथै उत्पादकत्वसमेत बढाउने उनको भनाइ छ ।
उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोन एकाइ नभएको बेला आफूहरु जेनतेन हिसाबले अदुवा खेती गर्दै आएकोमा अब अदुवा बेसारजोनले उत्साहित बनाएको बताए ।
तपेन्द्र र राजेन्द्र त्यस क्षेत्रका उदाहरणका पात्र मात्र हुन। उनिहरु जस्तै धरान–२० का अदुवा कृषक भुवेश तामाङको भनाइ पनि उस्तै रहेको छ । उनिहरुले वार्षिकरुपमा अदुवा लगाउँदै आएको भए पनि अदुवा कुहिने, गानो कुहिनेलगायतका समस्याले सताएको थियो ।
वार्षिकरुपमा लाखौँको लगानी गरेर अदुवा खेती गर्दै आएको भए पनि अदुवामा वार्षिकरुपमा लाग्ने रोग किराका कारण खेतीमा गरेको लगानी बालुवामा पानी खन्याए जस्तै भएको थियो । तर उनले पनि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अदुवा बेसारजोनबाट तालीम प्राप्त गरेपछि रोग र किराको समस्याबाट मुक्त भएको अदुवा कृषक भुवेश तामाङले बताए ।
यसरी कृषकलाई अदुवा र बेसार खेतीमा आत्मनिर्भर बनाउनका लागि अदुवा बेसार जोन सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्रका प्रत्यक्षरुपमा जम्मा २१० जना कृषकलाई तालीम प्रदान गरेको कार्यालयले जनाएको छ । यस कार्यालयमा आबद्ध भएका कृषक समूह, कृषि सहकारी र कृषि फर्मका कृषकलाई तालीम प्रदान गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसारजोन एकाइ धरानका प्रमुख निलकमल सिंहले बताउनुभयो ।
त्यसैगरी, परियोजनाले पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न धरानमा अदुवा र बेसारको गोदाम घर निर्माण कार्य अघि बढाएको छ । गोदाम घरले गुणस्तरीय अदुवा र बेसार निर्यातमा वृद्धि गर्ने विश्वास लिइएको छ । धरानस्थित कृषिउपज बजारस्थलमा अदुवा बेसार जोन कार्यान्वयन एकाइ, धरानको सहयोगमा गोदाम घर निर्माण सम्पन्न भएको छ ।
कूल लागत रु ५० लाख ९९ हजार ९६५ रहेको गोदाम घर निर्माणका लागि कृषिउपज बजारस्थलको रु नौ लाख सात हजार ९६५ स्थानीय लगानी रहेको कृषिउपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
अहिले बजारबाट धुलाइ, ग्रेडिङ, प्याकेजिङ नगरी सिधै भारतीय बजारमा जाने गरेका छन् जस्ले गर्दा भारतीय नाकामा गुणस्तरीय नभएको भन्दै समस्या भोग्नुपरेको छ । बजारीकरणमा गुणस्तरीयतामा देखिएका समस्या समाधान गर्दै कारोबारमा वृद्धि हुने लक्ष्य लिइएको कृषिउपज बजारस्थलका अध्यक्ष काजी गिरीले बताउनुभयो ।
कृषकले ग्रेडिङ, प्याकेजिङ गरी बजारमा उत्पादन पु¥याउन निर्माण गरेको गोदाम घरमा स्थानीयलाई रोजगारी प्रदान गरिनेछ भने गुणस्तरीय नेपाली अदुवा, बेसारको अन्तर्राष्ट्रिय बजारीकरणमा वृद्धि हुने विश्वास छ । यो सँगसँगै कार्यालयले कृषकलाई सहजता होस् भने उद्देश्यले कष्टम हायरिङ सेण्टरअन्तर्गत ५० प्रतिशत अनुदानमा १० वटा कृषक समूह÷संस्थालाई मिनिटिलर नौ एचपी दिइएको छ भने प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान दिएको छ ।
त्यसैगरी, बेसारमा ३१.५ बिगाह तथा अदुवामा ११.५ बिगाह क्षेत्रफल गरी जम्मा ४३ बिगाहका लागि १० हजार प्रतिहेक्टरको दरले कृषकलाई अनुदान दिइएको कार्यालयले जनाएको छ ।
यस्तै, बीउबिजन वितरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई बीउ उपलब्धसमेत गराएको छ । कृषकलाई अदुवा बीउ १२.७ मेट्रिक टन तथा बेसारको बीउ १४.९ मेट्रिक टन उपलब्ध गराएको परियोजनाका प्राविधिक सहायक सूर्यनारायण यादवले बताउनुभयो ।
यसरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसारजोन एकाइ धरानले गरिरहेको काम यही गतिमा अगाडि बढ्यो भने पक्कै अदुवा बेसार कृषकका लागि लाभदायी हुनेमा कुनै दुई मत देखिँदैन । त्यसैले परियोजनालाई वास्तविक कृषकसमक्ष पु¥याउनका लागि सबैको साथ र सहयोगको आवश्यकता देखिन्छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











