ताजा समाचार

किन परेनन् विद्यार्थी रोजाइमा ,नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेज

काठमाडौं  ३,असार ।नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । आजको नयाँ पत्रिका मा समाचार छापिएको छ ।

वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन् ।

नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले भारतीय विद्यार्थी समेत नपाएर ३५ सिट खाली राखेको छ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्धयन संस्थान (आइओएस) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् ।

प्रवेश परीक्षमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाइै कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर, कलेजको गुणस्तरमा विश्वास नलागेकाले नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org