महेन्द्रनगर ट्राफिक कार्यालयद्वारा ४९ लाख राजश्व संकलन
कञ्चनपुर ४, साउन । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४-७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ ।
दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ ।
वर्षभरिमा २५ वटा चोरीका गाडी भेटिएको र उक्त गाडी भन्सारको जिम्मा लगाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए । कार्यालयले गत आवमा असारमा रु पाँच लाख ४९ हजार, साउनमा रु तीन लाख ४५ हजार, भदौमा रु तीन लाख ४३ हजार, असोजमा रु चार लाख ४३ हजार र कात्तिकमा रु पाँच लाख तीन हजार राजश्व संकलन गरेको थियो ।
यस्तै, मंसिरमा रु तीन लाख एक हजार, पुसमा रु दुई लाख ७४ हजार, माघमा रु तीन लाख ६७ हजार, फागुनमा रु तीन लाख ४३ हजार, चैतमा रु पाँच लाख ४१ हजार, वैशाखमा रु पाँच लाख एक हजार, जेठमा रु पाँच लाख सात हजार र असारमा रु पाँच लाख ४९ हजार राजश्व संकलन गरेको छ ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











