चन्द्रागिरी हिल्स रिसोर्ट छिट्टै संचालनमा आउने
काठमाडाैं ४, साउन । चन्द्रागिरी हिल्स् रिसोर्ट केहि समयमा नै संचालनमा आउने भएको छ ।
चन्द्रागिरी हिल्स् कम्पनीका सञ्चालक अम्बिका प्रशाद पाैडेलले चन्द्रागिरी हिल्स रिसोर्ट छिट्टै संचालनमा आउने कुराको फेसबुक मार्फत जानकारी गराएका छन् ।
काठमाडाैंको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरी पर्यटकिय हिसाबले एकदमै महत्वपूर्ण स्थान बन्न सफल भएको छ ।
चन्द्रागिरी डाँडा पर्यटकिय दृष्टिकोणले मात्र नभइ धार्मिक तथा ऐतिहासिक हिसाबले समेत उच्च महत्व राख्ने स्थानका रुपमा चिनिन थालेको छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने एवं बाहृय पर्यटकहरुको नेपाल बसाईलाई एकदिन लम्ब्याउने उद्देश्यले डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडको स्थापना भएको हो ।
समुन्द्री सतहबाट करिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।
म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरी डाँडाबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवाहिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ ।
चन्द्रागिरी डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाखेल, चित्लाङका रमणीय गाउँहरू स्पष्टरुपमा नियाल्न सकिन्छ । अपांङ्गमैत्री भौतिक संरचना यसको अर्को विशेषता हो ।
केहि दिन पहिले चन्द्रागिरीमा सम्पन्न आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका थिए ।
जसमध्ये आेलीले लेखेको १० हरफको कविता ‘मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।’ खुव चर्चाको विषय बनेको थियो ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











