नेपाल मेडिसिटी ट्राभहिलको हस्पिटल पार्टनर
नेपालमा मेडिकल टुरिजमलाई विस्तार गर्न नेपाल मेडिसिटी हस्पिटल र ट्राभहिल डटकमबीच सम्झौँता भएको छ । सम्झौँता अनुसार ट्राभहिलबाट नेपाल आउने विदेशी पर्यटक तथा यसको सम्पर्कका विदेशमा रहने नेपालीहरुको मेडिसिटी हस्पिटलमा सहज उपचार हुनेछ ।
‘नेपाल विश्वमै सस्तो उपचार सेवा उपलव्ध गराउने देशमध्येको एक हो । तर यहाँको उपचार सेवा उत्कृष्ठ छ । त्यसैले हामीले अन्तराष्ट्रिय स्तरको अस्पताल मेडिसिटीसंग यो सम्झौँता गरेका हौँ,’ ट्राभहिलका प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले भने ।
उनका अनुसार ट्राभहिलले अब नेपाल घुम्न आएका पर्यटक संगसंगै नेपालमा न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने सन्देश फैलाउनेछ । त्यस्तै श्रमका लागि विदेशमा रहेका लाखौँ नेपालीलाई स्वास्थ्य सम्वन्धी समस्या पर्दा मेडिसिटीमा उपचार गर्न मिल्ने व्यवस्था मिलाउनेछ ।
‘सरकारी तत्थ्याकंले नै ४० लाख बढी नेपाली श्रमका लागि विदेशमा छन भनेको छ । त्यसमध्ये आधा बढी खाडी मुलुकमै छन् । ती मध्ये सयौँ नेपाली काम गर्ने क्रममा विरामी वा दुर्घटनामा परेर विदेशका अस्पतालमा महंगो शुल्कमा उपचार गराईरहेका छन् ।अब हामी त्यो उपचार नेपालमै गराउन चाहन्छौँ । कम्पनी र इन्स्योरेन्ससंग मिलेर लामो समय अस्पताल बस्न पर्ने नेपालीलाई नेपालमै पठाउने र मेडिसिटीमा उपचार गर्ने व्यवस्थ ागर्न खोजेका छौँ,’ श्रेष्ठले भने ।
सम्झौँता पत्रमा मेडिसिटीका तर्फबाट महाप्रवन्धक बिजय रिमाल र ट्राभहिलका तर्फबाट श्रेष्ठले सम्झौँता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा बोल्दै मेडिसिटीका महाप्रवन्धक विजय रिमालले समेत ट्राभहिलले नेपालमा भित्राउने पर्यटकहरुको उपचारका लागि अस्पताल हरपल तयार रहेको बताए ।
यो सम्झौता अनुसार नेपाल मेडिसिटी टाभहिलको हस्पिटल पार्टनर रहने छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












