मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग
रत्ननगर, चितवन, ६ साउन । रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
नगरभित्र रहेका मुसहर माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।
नगरसभाबाट पारित भए पनि अहिलेसम्म मुसहर माझीले नगरपालिकाको उक्त सेवा लिन नसकेको जानकारी दिँदै उनले भने, “भर्खरै एक दुईजना प्लस टुसम्म पुगेका रहेछन्, अब उनीहरुको उच्चशिक्षालाई नगरपालिकाले आर्थिक भार व्यहोरेर पढाउँछ ।”
सो जानकारी पाएपछि झुवानी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत अमीर माझी सञ्जय माझी नगरपालिकामा बुझ्न आएका थियो ।
“माझी मुसहरलाई फ्री रे भन्ने सुनेको थिएँ, अनि आएको”, नगरप्रमुख वनको सामुन्ने सञ्जयले लजाउँदै भने । त्यसपछि उहाँलाई नगरप्रमुख वनले उच्च शिक्षाका लागि पूर्ण सहयोग हुने आश्वासन दिए ।
कक्षा ११ मा उनलाई अहिलेको छात्रवृत्तिमा परीक्षा दिन भनिएको छ । शिक्षक बनेर आफू जस्तै अन्य गरीबलाई पढाउने इच्छा रहेको सञ्जयको भनाइ थियो ।
यस्तै नगरपालिकाले कोचिङ कक्षाका लागि पनि आर्थिक सहयोगका साथै उच्च शिक्षा पढ्ने हरेक सुकुम्बासीका बालबालिकाका लागि प्रतिव्यक्ति रु पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












