प्रविधिमैत्री बन्दै सदर चिडियाखाना, मोबाइल एप्सबाट सबै जानकारी
ललितपुर, ६ साउन । जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ ।
नेपालको एक मात्रै चिडियाखानालाई मोबाइल एप्स, सूचना कक्ष र डिस्प्लेमार्फत आगन्तुकलाई सूचना दिने तयारी भइरहेको व्यवस्थापक चिरञ्जीवी खरेलले बताए । आगन्तुकले चिडियाखाना छिर्नासाथ मोबाइल एप्समार्फत चिडियाखानासम्बन्धी जानकारी पाउन सक्छन् । प्रवेशद्वार नजीकै सूचना कक्ष हुने छ ।
उनले भने, “कक्षमा छिर्नासाथ आगन्तुकले आफूलाई चाहिने आवश्यक सबै जानकारी पाउन सक्छन् ।” दर्शकले भित्र छिर्नासाथ कम्प्युटरमा दबाएर सबै सूचना पाउन सकिने उनले बताए । मोबाइल एप्स र डिस्प्लेमार्फत आगन्तुकले त्यहाँका पक्षी र जनावरका बारेमा जानकारी पाउन सक्नछन् ।
उनले भने, “कुन बाटोबाट कुन जनावरको खोर छ भन्ने जानकारीदेखि ती जनावरका बारेमा जानकारी आगन्तुकले पाउन सक्छन् ।” सूचना कक्षमा केही समय बिताउँदा अध्ययन÷अनुसन्धान गर्ने व्यक्तिले पनि महत्वपूर्ण जानकारी पाउन सक्नेछन् । जनावरमा अहिले १२४ प्रजातिका ८३७ जनावर छन् । त्यहाँ भौतिक सुधारका कामसमेत अघि बढिरहेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












