मरिच बिक्री नहुँदा किसान मारमा
भद्रपुर ९, साउन । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ ।
झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् ।
अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ । सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’समेत भनिन्छ ।
गतवर्ष प्रतिकिलो मरिच रु एक हजार ६ सयमा घरबाटै बिक्री भएको थियो । यसवर्ष रु चार सयमा समेत बिक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताए । “मैले यसपाली छ सय किलो मरिच उत्पादन गरेको छु’, उनले भने–“तस्करी गर्न तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण हाम्रो उत्पादन बिकेन ।”
बुद्धशान्ति गाउँपालिका–७ का योगेश निरौलाको पीडा पनि उस्तै छ । उहाँ तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाएमात्रै स्थानीय किसानको उत्पादनले उचित मूल्य पाउने बताउछन् ।
मेची भन्सार कार्यालय काँकडभिट्टाले आव २०७४÷७५ मा ९६ हजार ८०० किलो मरिच आयात भएको थियो । भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात गरिँदै आएको छ । यसरी आयात गरिएको मरिच तस्करी गरी भारतमा बिक्री हुने गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन दिनअघि मेचीनगर—६ भान्सा खोलाबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको ५०० किलोभन्दा बढी मरिच बरामद गरेको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











