तीनपांग्रे सवारीका चालकले लिए आन्दोलन फिर्ता
रत्ननगर, चितवन १०, साउन । चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।
बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी चालकले आन्दोलन स्थगित गरेका हुन् ।
साथै यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाइन्टसहितको सवारी रुटअनुसार नै सवारी सञ्चालन गर्ने सहमतिसमेत भएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
साथै उक्त रुटमा सवारी सञ्चालनमा कुनै समस्या भएमा सहजताका लागि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको संयोजकत्वमा एक कार्यदल समेत गठन गरिएको छ ।
उक्त बैठकले बुधबार प्रहरी र सवारी चालकबीच भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै गोली लागी घाइते भएका नवलपुरको गैँडाकोट–४ का ३० वर्षीय महेन्द्र सुनारको उपचार भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको समन्वय र व्यवस्थापनमा गर्ने निर्णय भएको छ ।
यसअघि महानगरको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका तीनपांग्रे सवारी चालक र प्रहरीबीच बुधबार भरतपुरमा झडप हुँदै १५ सुरक्षाकर्मीसहित १९ जना घाइते भएका थिए ।
आन्दोलनकारीले ना १६ प ९४०७ नंको मोटरसाइकल जलाएका छन् भने पार्किङ गरिराखेको बा १६ च १९३८ नंको कार र ना १ ज ४९७५ नंको म्याजिक भ्यानसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।
गत साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले भरतपुरको मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












