झापामा दुईवटा भन्सार कार्यालय
भद्रपुर १३, साउन । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ ।
मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो ।
उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताए ।
उनले मेची पुल निर्माणसँगै भन्सार विभागको पहलमा साउन १ गतेदेखि भद्रपुर भन्सार कार्यालय स्थापना गरिएको बताए ।
कर्मचारी अभावका कारण तत्काल कार्यालय सञ्चालनमा आउन नसकेको जानकारी दिँदै उनले भने,– “अहिले मेची भन्सार कार्यालयकै मातहतमा यो कार्यालय चलिरहेको छ, विभागले साउनको अन्तिम साताभित्रमा अधिकृतसहितको कर्मचारी पठाएपछि त्यहाँको सम्पूर्ण काम सिधै विभागसँग जोडिनेछ ।”
भद्रपुर नगरपालिकाको स्थापनासँगै विसं २००८ मा भद्रपुर भन्सार कार्यालय स्थापना भएको थियो । झापामा प्रमुख भन्सारका रुपमा रहेको भद्रपुर कार्यालय पूर्व–पश्चिम राजमार्ग सञ्चालन भएसँगै मेची भन्सार कार्यालयको स्थापनापछि छोटी भन्सारको रुपमा परिणत भएको भद्रपुर नगरपालिका–५ का दुर्गा भट्टाराईले बताए । उनका अनुसार विसं २०३९ देखि भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












