१३ विधामा वाइ वाइ नेशनल एजुकेशन अवार्ड,२ पत्रकारको नाम घोषणा
काठमाडाैं १४, साउन । शिक्षालय मासिककोे आयोजनामा चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त अवार्डको जानकारी दिइएको हो ।
यस बर्षको अवार्ड कार्यक्रममा माध्यमिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु, शिक्षा सेवामा कार्यरत कर्मचारी, विभिन्न संघसंस्थामार्फत शिक्षालाई नीतिगत तथा अन्य पक्षबाट पृष्ठपोषण गर्ने ब्यक्तित्व, संघसंस्था तथा शिक्षापत्रकारहरुलाई समेटिएको छ ।
यस बर्ष अवार्ड प्रदान गर्ने विधाहरुमा स्कुल अफ दि इयर, एक्सिलेन्स अवार्ड बेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, डेडिकेशन अवार्ड, क्रिएटिभ कलेज अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, प्रिन्सिपल अफ दि इयर, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड रहका छन् । यसैगरि वाइ वाइका तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीका लागि २५ हजार नगद राशीको ज्ञानउदय छात्रबृत्ति पुरस्कार प्रदान गरिनेछ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डमा पुरष्कृत हुने क्रियाशिल शिक्षा पत्रकारको नाम घोषणा गरिएको छ । जुरी कमिटीका सदस्य तथा हिसान सचिव ऋषि तिवारीले काठमाडौं पोष्टका विनोद घिमिरे तथा आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई नगद राशी रु. १० हजार सहित शिक्षा पुरस्कार प्रदान गरिने घोषणा गरेका छन ।
पत्रकार सम्मेलनमा प्याब्सन उपाध्यक्ष, ईश्वर गुरुङ्ग, एनप्याब्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही तथा चौधरी ग्रुपका सिनियर म्यानेजर सुरेन्द्र खनाले शुभकामना मन्तब्य राखे। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले शिक्षा क्षेत्रका कार्यरत शिक्षाकर्मीको सहयोगले कार्यक्रमको निरन्तरता भएको बताए। कार्यक्रम निर्देशक बाल मुकुन्द आचार्य कार्यक्रम निरन्तर हुनुमा सबैको हातेमालो रहेको बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












