१३ विधामा वाइ वाइ नेशनल एजुकेशन अवार्ड,२ पत्रकारको नाम घोषणा
काठमाडाैं १४, साउन । शिक्षालय मासिककोे आयोजनामा चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त अवार्डको जानकारी दिइएको हो ।
यस बर्षको अवार्ड कार्यक्रममा माध्यमिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु, शिक्षा सेवामा कार्यरत कर्मचारी, विभिन्न संघसंस्थामार्फत शिक्षालाई नीतिगत तथा अन्य पक्षबाट पृष्ठपोषण गर्ने ब्यक्तित्व, संघसंस्था तथा शिक्षापत्रकारहरुलाई समेटिएको छ ।
यस बर्ष अवार्ड प्रदान गर्ने विधाहरुमा स्कुल अफ दि इयर, एक्सिलेन्स अवार्ड बेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, डेडिकेशन अवार्ड, क्रिएटिभ कलेज अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, प्रिन्सिपल अफ दि इयर, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड रहका छन् । यसैगरि वाइ वाइका तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीका लागि २५ हजार नगद राशीको ज्ञानउदय छात्रबृत्ति पुरस्कार प्रदान गरिनेछ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डमा पुरष्कृत हुने क्रियाशिल शिक्षा पत्रकारको नाम घोषणा गरिएको छ । जुरी कमिटीका सदस्य तथा हिसान सचिव ऋषि तिवारीले काठमाडौं पोष्टका विनोद घिमिरे तथा आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई नगद राशी रु. १० हजार सहित शिक्षा पुरस्कार प्रदान गरिने घोषणा गरेका छन ।
पत्रकार सम्मेलनमा प्याब्सन उपाध्यक्ष, ईश्वर गुरुङ्ग, एनप्याब्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही तथा चौधरी ग्रुपका सिनियर म्यानेजर सुरेन्द्र खनाले शुभकामना मन्तब्य राखे। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले शिक्षा क्षेत्रका कार्यरत शिक्षाकर्मीको सहयोगले कार्यक्रमको निरन्तरता भएको बताए। कार्यक्रम निर्देशक बाल मुकुन्द आचार्य कार्यक्रम निरन्तर हुनुमा सबैको हातेमालो रहेको बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











