अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक
लहान १५, साउन । प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ ।
यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र (लाइसेन्स)का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम खुला गरेकै दिन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले तत्काल अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्न निर्देशन दिएपछि उक्त कार्य स्थगित गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख मीन भट्टराईले बताए ।
प्रदेश सरकारले मन्त्री सोनल र मन्त्रालयका सचिवले प्रदेशभित्रका यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहने संवैधानिक व्यवस्था भएकाले प्रदेश सरकारसँग यससम्बन्धी ऐन कानून बनी नसकेकाले तत्कालका लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्नुस् भन्नेर मौखिक निर्देशन दिएपछि सो कार्य स्थगित गरेका हौँ, निमित्त प्रमुख भट्टराईले भने– “हामीले अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि सूचना जारी गरेरै उक्त कार्य रोकेका हौँ, थप कुनै निर्देशन आए सोहीअनुसार कार्य अगाडि बढाउन सकिन्छ छ ।”
प्रदेश नं २ मा सिरहाको लहानसहित जनकपुर र वीरगञ्जमा गरी तीन वटा यातायात व्यवस्था कार्यालय रहेको छ । यसैबीच प्रदेशमन्त्री र सचिवको निर्देशनपश्चात् अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोकिएपछि नयाँ लाइसेन्सका परीक्षा दिने तयारीमा रहेको युवा अन्योलमा परेका छन् ।
प्रदेश सरकारसँग चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्ने कुनै ऐन, कानूनसमेत नरहेको अवस्थामा अचानक लाइसेन्स वितरणको कार्य रोकिएपछि अब के गर्ने भन्ने अन्योलतामा आफूहरु परेको अनलाइन फाराम भर्न आएका युवाले बताएका छन् ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











