अस्पतालको लापर्वाहीले पत्रकार थपलियाको निधन भएको जनाउँदै उजुरी
काठमाडौँ १६, साउन । पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको भनी उनकी श्रीमती गंगा खतिवडाले छानबिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
सामान्य ज्वरो आएर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पताल भर्ना गरेको ४८ घण्टा बित्न नपाउँदै गत असार १५ गते थपलियाको निधन भएको थियो । थपलिया कान्तिपुर दैनिकमा कार्यरत थिए भने नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वमहासचिव हुन् ।
श्रीमती खतिवडाले निवेदनमा भनिएको छ, ‘चिकित्सकले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएञ्जा) भनेका थिए, परीक्षणका क्रममा त्यो असत्य सावित भएको छ, भाइरल इन्फ्लुएञ्जा निगेटिभ देखिएको छ, त्यसैले यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु ।’
उपचारमा संलग्न चिकित्सकले शुरुमा उनलाई सामान्य ज्वरो (टाइफाइड) भएको बताएको थियो । असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै पूर्ण परीक्षण नगरी उनलाई ‘हाइकेएर’मा राखेका थिए ।
बिरामीको निधनपछि अस्पताल प्रशासनले विभिन्न रिपोर्ट दिनलाई आनाकानी र अस्वीकार गर्नुले उपचारमा त्रुटि देखिएको खतिवडाको दाबी छ ।
आफूले बितेको श्रीमानका कुनै क्षतिपूर्ति रकम नमाग्ने तर सत्यतथ्य पत्ता लगाई कारबाही भएमा यस्ता घटना नदोहरिने भएकाले उजुरी गरेको गंगा खतिवडाले बताइन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












