प्राधिकरणमा बोनस वितरणः महालेखा र अख्तियारलाई लत्याउँदै बोनसको निर्णय
काठमाडौं १७, साउन । नागरिक उड्डयन प्राधिकरणले देखाएको नाफामै महालेखाले आशंका व्यक्त गरिरहेको बेला सञ्चालन समितिले भने फेरि कर्मचारीलाई करोडौं बोनस बाँड्ने निर्णय गरेको छ ।
महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नाफा सम्बन्धमा फरक फरक हिसाब आएकोले कर्मचारीलाई वोनस वितरण गर्नु गैरकानुनी हुने उल्लेख छ ।
तर, प्राधिकरण सञ्चालन समितिले केही साता अघि वोनस वितरणको निर्णय गर्दै स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ ।
मन्त्रालयले भने यसमा कुनै निर्णय नगरी विचाराधिन अवस्थामा राखेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । नागरिक उड्डयन प्राधिकरणमा मन्त्री नै अध्यक्ष हुने भएकाले पारित हुने सम्भावना बढी छ ।
महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नागरिक उड्डयन प्राधिकरणले नाफामा पटक पटक फरक तथ्यांक देखाउँदै आएकोले ततकाल बोनस दिन नहुने उल्लेख छ । संवैधानिक निकायको उक्त प्रतिवेदनलाई लत्याउँदै पुनः बोनसको निर्णय गरिएको हो ।
गत बर्ष पनि प्राधिकरण सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै स्वीकृतिका लागि तालुक निकाय पर्यटन मन्त्रालयमा पठाएको थियो । पर्यटन मन्त्रालयले पनि सहमतिका लागि भन्दै अर्थ मन्त्रालयमा पठाएको थियो । तर, यस विषयको सबै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको छ ।
अख्तियारबाट समेत अहिलेसम्म उक्त विषयमा कुनै निर्णय नभएको अवस्थामा पुनः प्राधिकरणले बोनसको निर्णय गर्नु राम्रो नभएको मन्त्रालय स्रोतको भनाइ छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











