चार पटक परीक्षा दिँदा समेत दुई एसपी फेल
काठमाडाैं १८, साउन । सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन् ।
सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो । ढकाल सिसुका मोरङ र थापा सिसुका रौतहटका प्रमुखका रुपमा कार्यरत छन् । सिसं १ कै विनोद श्रेष्ठ र प्रकाश थापाको स्टाफ कलेज यात्रामा पनि ‘ब्रेक’ लागिसकेको छ ।
सशस्त्रमा तीन पटक स्टाफ कोर्षको प्रवेश परीक्षा दिन पाउने व्यवस्था भएपनि अन्तिम पटक भन्दै मनिषलाई चौथो पटकका लागि मौका दिइएको थियो । तर, लगातार चौथो पटक परीक्षा दिँदा पनि वृत्तिविकासका लागि फलामे ढोका मानिएको स्टाफ कोर्षको प्रवेश परीक्षामै उनी उत्तीर्ण हुन् सकेनन् । स्टाफ कलेज अध्ययन गर्न नसक्ने उनीहरु अब बढीमा एसएसपी मात्रै बन्न सक्नेछन् । सशस्त्रमा डीआईजीका लागि स्टाफ कोर्ष गरेकै हुनुपर्छ । स्टाफ कलेज उत्तीर्ण गरेकालाई स्नातकोत्तरको मान्यता दिइएको छ ।
सिसं १ का सबै ९ जना गत जेठमा एसपीमा बढुवा भएका थिए । बढुवा गर्दा स्टाफ कलेज उत्तीर्ण गरेका पाँच जनापछि मात्रै स्टाफ कलेज नगरेकाको नाम राखिएको थियो । चौथो समुहको यो प्रवेश परीक्षामा दुई एसपी र २८ नायव उपरीक्षक (डीएसपी) सहित ३० जनाले परीक्षा दिएका थिए । परीक्षामा १२ जना मात्र उत्तीर्ण भएका छन्
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












