एकै जिल्लामा दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु
धादिङ १८, साउन । धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा ७७ जना, २०७३÷७४ मा ९६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दुर्घटना बढ्दै गएकाले दुर्घटना कमी गर्न कदम चाल्नु पर्नेमा जोड दिँदै आएको छ ।
जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । चालकले मादकपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ । यसबाहेक तनाव, उत्तेजना, सडकको दूरावस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ । साँघुरो र जीर्ण सडक, अर्को सवारीलाई उछिन्ने र तीब्र गतिले सवारी चलाउने गर्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ ।
पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, कालुपाण्डे मार्ग र विभिन्न ग्रामीण क्षेत्रसम्मको कच्ची सडकको सञ्जाल भएको धादिङ जिल्लामा पृथ्वी राजमार्गमा सबैभन्दा बढी दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












