सेयर विवाद सल्टायो विराटनगर जुट मिल्सले
मोरङ १९,साउन । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्सको सेयर विवाद सुल्टिएको छ । विवाद सल्टाउन सरकारका नाममा ६८ प्रतिशत सेयर कायम गरेपछि मिलको सबै समस्या हल भएको हो ।
लामो समयदेखि रहेको विवादलाई सुल्टाउनका लागि अध्यक्ष वनले मिलमा सरकारको ६८ प्रतिशत सेयर कायम गरेर कम्पनी रजिस्टारको कार्यालयमा अभिलेखिकरणका लागि पठाइ सकेकाले विवाद नरहेको जनाएका छन् ।
पटक पटक विभिन्न बिवादमा रुमलिदै सञ्चालन हुँदै बन्द हुँदै आएको मिल्स् ले २०६५ साल देखिको सेयर विवादलाइ सुल्टाएको छ । सञ्चालक समिति अध्यक्ष वनका अनुसार ‘कुल १ लाख ११ हजार ६ सय ७९ कित्ता सेयरमध्ये सरकारको ६८ प्रतिशत ७६ हजार ४० कित्ता कायम गरिएको छ,’ उनले भने, ‘मिल्सको अधिकृत पुँजी २ करोड, जारी पुँजी १ करोड ८० लाख र चुक्ता पुँजी १ करोड ७८ लाख ७० हजार २ सय ४० रुपैयाँ कायम भयो ।’
सरकारको नाममा ६८ प्रतिशत सेयर कायम गर्न सञ्चालक समितिको २०७५ जेठ ३० गते बसेको बैठकले निर्णय गरी प्रक्रिया पूरा गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाएको बनले बताए । २०७४ असार २४ गतेको विशेष साधारणसभाले २५ हजार कित्ता सेयर बिक्रीको निर्णय गरेको थियो । यो निर्णय अवैधानिक भएकाले खारेज गर्ने निर्णय त्यसपछिको समितिले गरेको थियो ।
०६५ मा मिल्स सञ्चालक समिति अध्यक्ष अशोक पोखरेलले नेतृत्व सम्हालेको केही दिनमा मिल्स बन्द भएको थियो । त्यसपछि सञ्चालन माग गर्दै मजदुर र कर्मचारी आन्दोलनमा उत्रेका थिए । त्यसबेला तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको सम्झौताअनुसार सरकारले सबै कर्मचारी र मजदुरलाई ‘पे–अफ’ गर्ने र मिल्सलाई लिक्विडेसनमा लग्ने निर्णय गरेको थियो ।
मिल्समा कार्यरत १ हजार १ सय ३२ मजदुर र ६५ जना कर्मचारीलाई उपदानसहित अवकाश दिन सरकारका नाममा रहेको ४६ दशमलव ५ प्रतिशतबाट सेयर वृद्धि गरेर ६८ प्रतिशत पुर्याए मात्र पे–अफका लागि ५५ करोड ९६ लाख रुपैयाँ उपलब्ध गराउने सरकारले सर्त राखेको थियो । मिल्सको साधारणसभाले सरकारको सर्त मान्दै ६८ प्रतिशत सेयर कायम गर्ने निर्णय गरेको थियो । सरकारले दिएको ऋण सहयोगले २०६६ माघमा कर्मचारी र मजदुरलाई उपदानसहित मिल्सबाट बिदा गरिएको थियो ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











