प्रभु इन्स्योरेन्स २३औं वर्षमा प्रवेश, समितिको सहि मार्ग निर्देशनले मात्र कम्पनीको व्यवसाय बृद्धि हुन्छ :अध्यक्ष कुसुम लामा
काठमाडाैं २०, साउन । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीको २३ औं स्थापना दिवसको कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औषत भएता पनि दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु धेरै राम्रो रहेको बताए ।
अध्यक्ष चापागाईले बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमनका कारण कम्पनीहरुको सुशासन राम्रो हुंदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि भएको पनि बताए ।
साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि ३/३ महिना मात्र समय थप हुन सक्ने बताउँदै त्यसपछि मर्जरमा पठाउने पनि बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृद्धिबिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको पनि उनले जानकारी दिए ।
कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् ।
बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तार गर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












