४ वर्षदेखि सम्पर्कविहीन गंगामायाका छोरा नुरप्रसाद ‘पक्राउ’
काठमाडाैं २०, साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई कारवाहीको माग गर्दै उजुरी गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार महानगरीय अपराध महाशाखाको टोलीले नुरप्रसादलाई सानेपास्थित डेराबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत चितवनमा आइतबारै कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धि मुद्दाको सुनुवाई भइरहँदा काठमाडौं प्रहरीले नुरप्रसादलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार आइतबार अपरान्ह नुरप्रसादलाई नियन्त्रणमा लिइएको छ । नुरप्रसादलाई पक्राउ गरिएको नभई खोजबिन गरी नियन्त्रणमा लिइएको सिंहले बताए ।
यसअघि असार २९ गते गंगामाया अधिकारीले अनसन तोड्ने क्रममा आफ्नो जेठा छोरा नुरप्रसाद अधिकारीको खोजी गरिदिनसमेत आग्रह गरेकी थिइन् । गंगामायाको आग्रह अनुसार नुरप्रसादलाई खोजी गरिएको हो । नुरप्रसादलाई आइतबार नै गंगामायाको जिम्मा लगाउने तयारी भएको महाशाखाका एसएसपी सिंहले बताए ।
२०६१ साल जेठ २४ गते चितवनमा मारिएका आफ्ना भाइको हत्या आरोपीलाई हदैसम्मको कारवाहीको माग गर्दै उनले २०७१ सालदेखि आन्दोलन गर्दै आएका थिए । जिल्ला अदालत चितवनमा किटानी जाहेरी दिने उजरीकर्तामध्ये नुरप्रसाद प्रमुख व्यक्ति थिए । तर २०७२ सालदेखि उनी अनसनरत आमा र मानव अधिकारवादीसँग पनि सम्पर्कविहीन भएका थिए ।
सुरुवाती समयमा नुरप्रसादले हत्या आरोपीलाई जन्मकैदको माग गर्दै करोडौ क्षतिपूर्ति र आफूलाई बेलायतमा बसोबासको व्यवस्था मिलाउनुपर्ने माग राखेका थिए । मानव अधिकारवादीमार्फत् उनले यस्तो माग सरकारसमक्ष पुर्याएका थिए ।
तर, क्षतिपूर्ति र अन्य देशमा बसोबासको व्यवस्था मिलाउने विषय सम्भव नभएपछि उनी मानव अधिकारवादीलाई नै धम्की दिँदै ४ वर्षदेखि सम्पर्कविहिन थिए । तर आइतबार महाशाखाको टोलीले नुरप्रसादलाई सानेपास्थित आफ्नै कोठाबाट नियन्त्रणमा लिएका हुन् ।
कोठामा एक्लै भेटिए नुरप्रसाद
अनसनकै क्रममा बुवाको मृत्यु भएपछि लाश बुझ्नसमेत नुरप्रसाद गएनन् । अनसनकै क्रममा मृत्यु भएका कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीको शव अहिले पनि शिक्षण अस्पतालको शवगृहमै राखिएको छ ।
तर बुवाको शव बुझ्न र आमालाई भेट्नसमेत नगएका नुरप्रसाद कान्छी श्रीमती ल्याएर बसेको चर्चासमेत चलेको थियो । यद्यपि प्रहरीले खोज्दै जाँदा आइतबार सानेपास्थित कोठामा नुरप्रसाद एक्लै भेटिएको प्रहरीले बताएको छ ।
यता आमा गंगामायाले भने दुई साताअघि वीर अस्पतालमा जारी ४५ दिन लामो अनसन तोडेकी थिइन् । अनसन तोडेपछि सरकारले गंगामायाको जीवन निर्वाहको लागि १ करोड रुपैयाँ निकासा गरेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











