यसरी भयो ११ बर्षीय निसानको हत्या,बर्षादको झरीसँगै आँसुको बर्षा !
काठमाडाैँ २२,साउन । पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार श्रीमानले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरुले पैसा धुत्न अपहरण गरेको देखिन्छ ।
सधै होटलमा आउने, खाने र कहिलेकाही बस्नेसमेत भएकाले निशान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ । अपहरणकारीले निशानलाई नगदेशस्थित आफू बस्ने डेरामा लगे र उनकै अघि चमेलीसँग फोन गरेर फिरौती मागेका थिए ।
प्रहरी स्रोतका अनुसार अपहरणकारीको मोबाइल ८ बजेर ५७ मिनेटमा बन्द भएको थियो । उनीहरुले पुरानो सिम निकालेर नयाँ सिमबाट निशानको आमासँग कुरा गरेपछि फेरि फोनबाट नयाँ सिम निकालेका थिए ।
फिरौती मागेको थाहा पाएपछि आत्तिएर कराउन थाले पछि उनीहरुले कोठामै निशानको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यालगत्तै डेरा नजिकै खनेको घरको जगमा उनीहरुले निशानको शवलाई हालेको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार निशानको हत्या राती १२ बजे अगाडि नै गरेजस्तो देखिएको छ । हत्यापछि शव व्यवस्थापन गरेर अपहरणकारी सोही कोठामा बसेको र बिहानमात्रै बाहिर निस्केको देखिन्छ ।,
झरीसँगै आँसुको बर्षा
खहरेस्थित हाईल्याण्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निशान खडका उपस्थित थिएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निशान स्कुल नआएका होलान् भन्ने उनका सहपाठीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् साथीसंग अब कहिल्यै भेट हुदैन भनेर ।
निशानको अनुपस्थितीको कारण बुझ्न आइतबारको घटनामा पुग्नुपर्छ ।
सिन्धुपाल्चोकको मेलम्चीबाट बसाई सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेष्टुरा चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











