प्राधिकरणले दियो यस्तो राय,श्री एयरलाइन्सलार्इ नयाँ जहाज उडाउन कडा शर्त
काठमाडौं २२,साउन। नेपाल नागरिक उड्ययन प्राधिकरणले शर्तसहित श्री एयरलाइन्सको क्यू-४०० टर्बोप्रोब जहाज संचालन गर्न दिन सकिने राय दिएको छ।
जहाज संचालनको लागि आवेदन दिएको सात महिनापछि मात्रै प्राधिकरणले शर्तसहित यो जहाज चलाउन दिन सकिने राय पर्यटन मन्त्रालयलार्इ पठाएको हो। हवार्इ क्षेत्रमा वर्षौदेखि जरा गाडेका कम्पनीको स्वार्थका लागि प्राधिकरणले कडा शर्त राखेर श्री एयरलार्इ जहाज उडानको अनुमति दिनुपर्ने राय दिएको हो। प्राधिकरणको शर्तका कारण श्रीलार्इ नयाँ जहाज ल्याएर उडान भर्न सहज छैन।
श्री एयरले ल्याउन लागेको जहाज उपत्यका बाहिर राखेर उडान गर्नुपर्ने र जहाजको प्राविधिकमार्फत अडिट गराएर मात्र इजाजत दिन सकिने शर्त राखेको प्राधिकरण स्रोतले बतायो।
प्राधिकरणको यो राय जस्ताकोतस्तै मन्त्रालयले कार्यान्वयनमा ल्याए श्रीले नयाँ जहाज ल्याएर उडान गर्न अझै धेरै समय कुर्नुपर्नेछ। प्राधिकरणसँग क्यू-४०० टर्बोप्रोब जहाजको प्राविधिक छैन। प्राधिकरणले श्रीले ल्याउन लागेको जहाज नयाँ किसिमको भएको र एयर वर्दिनेशका लागि चाहिने जनशक्ति नभएको भन्दै सात महिनादेखि राय नदिर्इ बसेको थियो।
प्राधिकरणले राय दिँदा फेरी प्राविधिकमार्फत अडिट गराउनुपर्ने शर्त राखेर उडानको मिति थप अनिश्चित बनाउन खोजिएको स्रोतले बतायो।श्रीले ल्याउन लागेको जहाज ७८ सीटको जहाज हो।
कम्पनीले ल्याउन लागेको जहाजले उडान अनुमति पाए आन्तरिक उडानमा रहेको कार्टेलिङ हट्न सहयोग पुग्छ।कम्पनीले यो जहाजमार्फत पोखरा, भरतपुर, सिमरा, जनकपुर उडान थाल्ने योजना बनाएको थियो।यो क्षेत्रमा ट्राफिक राम्रो भएपनि भाडा भने महँगो छ। श्रीले चार वटा जेटमार्फत ट्रंक रुटमा उडान भरेपछि जहाज भाडा सस्तिएको छ।बुद्ध र यतिसँगै श्री थपिएकाले भाडा सस्तो मात्रै भएन सेवामा समेत सुधार भयो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












