सेयर बजारको आकार सवा ४ खर्बले अोरालो लाग्यो
काठमाडाैँ २३, साउन । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ‘बियरिस ट्रेन्ड ’मा गएपछि समग्र बजारको आकार पनि उल्लेख्य घटेको छ । गत आर्थिक वर्षमा नेप्से परिसूचक २३ प्रतिशतले घट्दा बजारको आकार नै २२ प्रतिशतले साँघुरिएको हो ।
सरकारले सेयर बजारमैत्री नीति नल्याएको तथा धितोपत्र बजारमा सेयरको आपूर्ति पनि उल्लेख्य रूपमा बढेपछि बियरिस ट्रेन्ड सुरु भएको हो । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा ४ गुणासम्म पुँजी वृद्धिको नीति लिएपनि सुरुवातमा हकप्रद र बोनस सेयरको लोभमा बढेको सेयर बजार गत वर्ष नै पुँजी पुगेपछि अधिक आपूर्तिका कारण घट्दो क्रममा देखिएको छ ।
सेयर बजारमा धितोपत्र आपूर्ति अधिक भएसँगै सरकारले सेयर बजारलाई अनुत्पादन क्षेत्रको व्यवाहार गरेको भन्दै सेयर लगानीकर्तामा देखिएको त्रासले समग्र बजारलाई नै नकारात्मक असर परेको छ । गत आर्थिक वर्षमा सेयर बजारको आकारमात्र नभइ नेप्सेको औसत दैनिक कारोबार रकममा समेत ४१.५५ प्रतिशतले कमी आएर ५२ करोडमा सीमित भएको छ । असार महिनामा औसत दैनिक कारोबार रकम २०.५६ प्रतिशतले घटेर २७ करोड रुपैयाँमा सीमित रहेको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचकमा कमी आएपछि बजार पुँजीकरण पनि स्वभाविक रुपमा घट्छ । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरण भनेको सेयर बजारमा रहेको कुल सम्पत्तिको एकीकृत आकार हो । नेप्सेमा सूचिकृत सेयरहरूको कुल बजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण मानिन्छ ।
बजार पुँजीकरण घट्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि घाटा भएको नेप्सेका उपप्रबन्धक निरञ्जन फुयाँलले बताए । “बजार पुँजीकरण घट्नु भनेको सेयरधनीको सम्पत्ति घटेको हो,” उनले भने, “नेप्से परिसूचक घटेपछि बजार पुँजीकरण पनि स्वभावैले घट्छ ।” नेपाल राष्ट्र बैंकले कर्जा लिएर लगानी गर्ने लगानीकर्तालाइ निरुत्साहित गरेको हुनाले बजार घटेको हो । बजारको अवस्थालाई पुँजीकरण र परिसूचकले लगानी निर्णय लिन मद्दत गर्छ ।
गत वर्षको अन्तिम दिन नेप्सेको कुल बजार पुँजीकरण १४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो । यो बजार पुँजीकरण अघिल्लो आवको अन्तिम दिनको तुलनामा २२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही दिन नेप्सेको कुल बजार पुँजीकरण १८ खर्ब ५६ अर्ब थियो । त्यसैगरी आर्थिक वर्ष २०७२-७३ को अन्तिम दिन नेप्सेको कुल बजार पुँजीकरण १८ खर्ब ९० अर्ब थियो ।
नयाँ आर्थिक वर्ष सुरु भए पनि पनि निरन्तर घटेको नेप्सेको बजार पुँजीकरणमा पनि कमी आएको छ । गत आर्थिक वर्षको अन्तिम दिनमा १२१२ अंकमा रहेको नेप्से परिसूचक पनि घटेर मंगलबार ११८८ अंकमा झरेको छ । त्यसैगरी बजार पुँजीकरण पनि घटेर १४ खर्ब १३ अर्बमो झरेको छ ।
बजार पुँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्यांकन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा कमी आएको छ । गत आवमा नेप्सेको औसत दैनिक कारोबार रकम ५२ करोड थियो । तर, अघिल्लो आवमा नेप्सेको औसत दैनिक कारोबार रकम एक अर्ब ७० करोड रुपैयाँ थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












