आपूर्ति मन्त्रालयको छापा, प्रोबायोटिक इण्डष्ट्रिजमा
काठमाडाैँ २३, साउन । निम्बस ग्रुपद्वारा सञ्चालित प्रोबायोटेक इण्डष्ट्रिज प्रालिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको टोलीले छापा हानेको छ ।
वीरगञ्ज पथलैया सडकखण्डको गण्डक चोक नजिकै लिपनीबिर्तामा रहेको उद्योगमा बुधबार मन्त्री यादवको टोलीले छापा हानेको हो ।
प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले रिफाइनरी, सोयाबिन, सन फ्लावरको खाने तेल उत्पादन गर्दै आएको छ ।
उद्योगले उत्पादन गर्ने तेलमा मिसावट बढी रहेको गुनासो आएपछि मन्त्री यादवले उद्योगको अनुगमन गर्नुको साथै उद्योगले उत्पादन गर्दै आएको तेलको नमूना परीक्षणका लागि लिएर गएका थिए ।
मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने नियमित अनुगमनको क्रममा प्रोबायोटिक इन्डष्ट्रिजमा मन्त्री यादव गएको बताए । ‘नियमित अनुगमनको क्रममा मन्त्री उद्योगमा पुगेका हुन,’ उनले भने, ‘ उद्योगको उत्पादनको नमूना सिलबन्दी गरी परीक्षणका लागि लगिएको छ ।’
उद्योगको प्रदुषण, गुणस्तर र जैविक फोहोर व्यवस्थानमा मन्त्री यादवले बढी जोड दिइरहेको उनको भनाइ छ ।
मंगलबार वीरगञ्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला तथा नगर उद्योग संघहरुको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाडौं र्फकने क्रममा मन्त्री यादव उद्योगमा छिरेका थिए ।
छापा हानेपछि मन्त्री यादव सिमरा विमनस्थल हुँदै काठमाडौं र्फकेका छन् ।
मन्त्री यादवसँगै नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मी पनि उद्योगमा पुगेका थिए ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











