आपूर्ति मन्त्रालयको छापा, प्रोबायोटिक इण्डष्ट्रिजमा
काठमाडाैँ २३, साउन । निम्बस ग्रुपद्वारा सञ्चालित प्रोबायोटेक इण्डष्ट्रिज प्रालिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको टोलीले छापा हानेको छ ।
वीरगञ्ज पथलैया सडकखण्डको गण्डक चोक नजिकै लिपनीबिर्तामा रहेको उद्योगमा बुधबार मन्त्री यादवको टोलीले छापा हानेको हो ।
प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले रिफाइनरी, सोयाबिन, सन फ्लावरको खाने तेल उत्पादन गर्दै आएको छ ।
उद्योगले उत्पादन गर्ने तेलमा मिसावट बढी रहेको गुनासो आएपछि मन्त्री यादवले उद्योगको अनुगमन गर्नुको साथै उद्योगले उत्पादन गर्दै आएको तेलको नमूना परीक्षणका लागि लिएर गएका थिए ।
मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने नियमित अनुगमनको क्रममा प्रोबायोटिक इन्डष्ट्रिजमा मन्त्री यादव गएको बताए । ‘नियमित अनुगमनको क्रममा मन्त्री उद्योगमा पुगेका हुन,’ उनले भने, ‘ उद्योगको उत्पादनको नमूना सिलबन्दी गरी परीक्षणका लागि लगिएको छ ।’
उद्योगको प्रदुषण, गुणस्तर र जैविक फोहोर व्यवस्थानमा मन्त्री यादवले बढी जोड दिइरहेको उनको भनाइ छ ।
मंगलबार वीरगञ्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला तथा नगर उद्योग संघहरुको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाडौं र्फकने क्रममा मन्त्री यादव उद्योगमा छिरेका थिए ।
छापा हानेपछि मन्त्री यादव सिमरा विमनस्थल हुँदै काठमाडौं र्फकेका छन् ।
मन्त्री यादवसँगै नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मी पनि उद्योगमा पुगेका थिए ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












