नेपाल टेलिकमले चालू आर्थिक वर्षमा दश प्रतिशत आम्दानी वृद्धि गर्ने
काठमाडौँ २८, साउन । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५÷७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।
टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पु¥याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ ।
टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलब १९ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलब ९२ प्रतिशत वृद्धि भएको छ ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले चालू आवमा भ्वाइस सेवातर्फ कूल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्वमा वृद्धि गर्दै ४५ प्रतिशत पु¥याउने लक्ष्य रहेको जानकारी दिइन । चालू आवमा पिएसटिएन नौ लेन लाइन सेवातर्फ ४२ हजार २६१ लाइन टेलिफोन वितरण गर्ने र सोही अनुरुप मुलुकका ग्रामीण तथा शहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गर्ने टेलिकमको लक्ष्य छ ।
“चालू आवमा एक लाख लाइन आइपी प्रविधिबाट प्रतिस्थापन गरी पिएसटिएन सेवाको कूल जडित क्षमताको करीब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ”, उनले भनिन् ।
डाटा सेवा विस्तारका लागि फोरजी÷एलटिई सेवामार्फत वायरलेस ब्रोडब्याण्ड सेवालाई थप प्रवद्र्धन गर्दै शहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौँलगायत अन्य ठूला शहरमा तीन लाख क्षमताको ‘फाइबर टू दी होम नेटवर्क’ विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गरिनेछ । टेलिकमले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्फत न्यूनतम ५१२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख व्यापारिक केन्द्रमा वाइफाई सेवा सञ्चालन गरिनेछ ।
मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश नं १,२ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्ने टेलिकमले जनाएको छ ।पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सीमा क्षेत्र आरुघाटसम्म दुई हजार १७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरिनेछ ।
पोस्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने टेलिकमको लक्ष्य छ । “मुलुकका प्रमुख शहरमा फोरजी सेवा आरम्भ भइसकेकोछ,” प्रवक्ता वैद्यले भन्नुभयो । मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित टेलिकमले चालू आवमा थप बिटिएस जडान गरी सेवा विस्तारलाई तीव्र पारेको छ । सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्न बोलपत्र आह्वान गरेको टेलिकमले जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











