भारतबाट पेट्रोल ल्याउन पाँच हजार हरियो रुख काट्नुपर्ने
वीरगञ्ज २९, साउन । पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पेट्रोलियम पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने बताइएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यका अनुसार सो पाइप लाइन अमलेखगञ्जसम्म विस्तार गर्दा निकुञ्जभित्रका करीब पाँच हजार हरियो तथा वयस्क रुख काट्नुपर्ने बताए । उनले यसको लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे स्वीकृति दिएपछि रुख काटने प्रक्रिया अघि बढ्ने बताए ।
यसैबीच बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगञ्जसम्म पाइप लाइन जमीनमुनि राख्ने काम बाराको जीतपुर बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको संरचना नभत्काउँदा सो क्षेत्रको काम प्रभावित भएको छ ।
पथलैयादेखि अलौँसम्म सडक विभागले छ लेनको व्यापारिक मार्ग बनाइरहेको र सो मार्गमा पर्ने जीतपुर बजारको करीब डेढ किलोमिटर क्षेत्रमा रहेका घर टहरा हालसम्म नभत्काउँदा उक्त क्षेत्रमा पाइप लाइन बिछ्याउने काम प्रभावित भएको पाइप लाइन कार्यालय बाराले जनाएको छ ।
सडक अतिक्रमण गरी बसेको जीतपुर बजार क्षेत्रको घर टहरा समयमा सम्बन्धित निकायले हटाउन नसक्दा सो क्षेत्रमा काम गर्न बाँकी रहेको छ– इञ्जिनीयर शरदप्रसाद पौडेलले भने, “जीतपुर, परवानीपुर, रजतजयन्ती चोक, गण्डक क्षेत्र बाइपास क्षेत्रलगायतका ठाउँमा जमीनमुनि पाइप राख्ने काम रोकिएको छ ।
भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको पाइप लाइनमध्ये हालसम्म करीब १७ किलोमिटरसम्म पाइप जमीनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । नेपालतर्फको भारतीय सीमादेखि अमलेखगञ्जसम्म ३६ दशमलब २ किलोमिटर भू–भागमध्ये हालसम्म ठाउँठाउँ गरी १७ किलोमिटर पाइप जमीनमुनि राख्ने काम सम्पन्न भएको छ ।
रु २७५ करोडको लागतमा निर्माण भइरहेको सो पाइप लाइन निर्माणको लागि भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको सो कार्यालयले जनाएको छ । प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रिने र भण्डारणको लागि अमलेखगञ्ज डिपोमा तीन हजार ९०० किलोलिटर तथा चार हजार १०० लिटर क्षमताको चार वटा ट्याङ्कर निर्माण भइरहेको छ ।
गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गर्नुभएपछि यसको निर्माण कामले गति लिएको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











