नमूना काम गरेर देखाउँछु : नवनियुक्त सीईओ ज्ञवाली
काठमाडाैं ३१, साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सीईओ सुशील ज्ञवालीले सुस्त गतिमा भइरहेको पुनर्निर्माणको कामलाई गति दिने बताएका छन् ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको थियाे भने बुधबार रातीमात्र नियुक्तिकाे पत्र बुझेका छन् ।
नियुक्तिकाे पत्र बुझेसँगै ज्ञवालीले सुस्त गतिमा भइरहेको पुनर्निर्माणको कामलाई गति दिने बताए ।
ʻसरकारले मलाई पुनः जिम्मेवारी दिएको छ, विश्वास गर्नुस् पुनर्निर्माणमा नमूना काम गरेर देखाउँछु,ʼ ज्ञवालीले लोकान्तरसँग भने ।
ज्ञवालीको कार्यकालमा प्राधिकरणले पुनर्निर्माणको योजनाबद्ध तालिका निर्माण गरेर काम शुरु गरेको थियो ।
पुनर्निर्माणको कामले गति लिन लागेको समयमा उनलाई हटाइएको थियो । सीईओ परिवर्तनपछि पुनर्निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन ।
ʻजनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने चुनौती छ । पहिलेको अनुभवले पुनर्निर्माणको कामलाई गति दिने विश्वास छ,ʼ ज्ञवालीले भने, ʻयसपालि कुनै कसर बाँकी नराखी नमूना गरेर देखाउछु ।ʼ
इञ्जिनीयर ज्ञवाली शहरी विकासका विज्ञ हुन् ।
केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बनेपछि २०७२ पुस १० गते ज्ञवाली प्राधिकरणको सीईअाे नियुक्त भएका थिए ।
पुनर्निर्माणले गति लिन नसकेको भन्दै ओली सरकार ढलेसँगै ज्ञवालीलाई २०७३ पुस २७ मा बर्खास्त गरी गोविन्द पोखरेललाई सीईओ नियुक्त गरिएको थियो । त्यतिबेला प्राधिकरणको सीईओको रूपमा ज्ञवालीले एक वर्ष काम गरेका थिए ।
चुनाव लड्न भन्दै पोखरेलले राजीनामा दिएपछि युवराज भुसाल प्राधिकरणको तेस्रो सीईओ बनेका थिए ।
निर्वाचन आचारसंहिता लागू भएसँगै पूर्ववर्ती सरकारले गरेका राजनीतिक निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयका कारण भुसालको पद खोसिएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












