पुनर्बिमा कम्पनीका अध्यक्ष महेश गुरागाईको दादागिरी, बिमा कम्पनीहरुलाई सुकाएर पुनर्बिमाको नाफा बढाउँदै
काठमाडाैं ४, भदाै । पुनर्बिमा कम्पनीका अध्यक्ष महेश गुरागाईले बिमा कम्पनीहरुलाई धरासयी बनाई पुर्नबिमा कम्पनीलाई पोस्ने नीति अघि सारेका छन् । कम्पनीहरुलाई जबरजस्ती आफनो व्यवसायको २० प्रतिशत हिस्सा पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरेपछि बिमा कम्पनीहरु धरासयी बन्ने भएका छन् भने पुर्नबिमा कम्पनीलाई बसी बसी व्यवसाय प्राप्त हुने भएको छ ।
जसअनुसार नेपाली बिमा कम्पनीहरुले आफुले बहन गर्न नसक्ने जोखिम पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने हो । तर, पुनर्बिमाका अध्यक्ष गुरागाईले अर्थमन्त्रालयलाई प्रभाव पारेर बिमा कम्पनीहरुलाई आफनो व्यवसायको २० प्रतिशत पुनर्बिमा कम्पनीलाई दिनु पर्ने बाध्यकारी निर्देशन जारी गर्न लगाएका छन् । उक्त निर्देशन अनुसार कम्पनीहरुले आफुले पाएको व्यवसायको २० प्रतिशत पहिला पुनर्बिमा कम्पनीलाई छुटटाउनु पर्नेछ । र बाँकी रहेको ८० प्रतिशत व्यवसायबाट आफुले धारणा गर्न सक्न जोखिम राखेर बाँकी पुर्नबिमा गराउँन सक्नेछन् ।
बिमा कम्पनीहरूले आफूले बहन गर्नसक्ने भन्दा बढी दायित्व भएमा अर्को कम्पनीमा पुनः बिमा गर्दछन् । जसलाई नै पुनर्बिमा भनिन्छ । वित्तीय संकटबाट सुरक्षित हुन बिमा कम्पनीहरूले पनि पुनर्बिमा गर्नुपर्ने प्रावधान छ । कम्पनीहरूले ब्रोकर र सिधै कम्पनीसँगै नै सम्झौता गरी पुनर्बिमा गर्न सक्ने व्यवस्था छ ।
तर, नेपालमा राजनीतिक फेवरमा परेर कतिपय कामहरु गरिन्छन जसले कुनै कम्पनी तथा वित्तियसंस्थाको भविष्य नै धरापमा पर्न सक्छ । यसको ज्वलन्त उदाहरणका रुपमा देखा परेको छ पुनर्बिमा प्रणाली ।
के छ ऐनमा ?
बिमा ऐन २०४९ को दफा २ (ज) का अनुसार पुनर्बिमा व्यवसाय भन्नाले बीमकले जोखिम धारण गर्ने अंशभन्दा बढी अंशको पुनः बिमा गर्ने व्यवसाय सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै, ऐनकै दफा २८ मा पुनर्बीमा गराउनु पर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बांकी रहेको जोखिमको पुनर्बिमा समितिले तोके बमोजिम गराउनु पर्नेछ भन्ने व्यवस्था गरिएको छ । त्यस्तै, बिमा नियमावली २०४९ नियम ६ मा पुनर्बिमा व्यवसायको व्यवस्था गरिएको छ । जसमा बिमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउन सक्नेछ भन्ने व्यवस्था गरिएको छ ।
तर, ऐनमा गरिएको व्यवस्थालाई मिचेर चालु आवको बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले बिमा कम्पनीहरुले २० प्रतिशत हिस्सा नेपाल कै पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गर्यो । सोही आधारमा मन्त्रालयले गत असार २० गते पत्राचार गरी बिमा लेखमा उल्लेखित बीमांकको २० प्रतिशत नेपाल पुनर्बिमा कम्पनीलाई अनिवार्य रुपमा दिने निर्देशन दियो ।
नेपाल पुनर्बिमाले बीमा गर्ने कि पुनर्बिमा गर्ने ?
बिमा ऐन र नियमावलीमा गरिएको व्याख्या अनुसार पुनर्बिमा कम्पनीले बीमा कम्पनीहरुले धारणा गर्न नसक्ने जोखिम पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्ने हो । अर्थात् पुनर्बिमा कम्पनी भनेको बिमा कम्पनीहरुलाई बढी भएको जोखिम सेयर गर्ने कम्पनी हो । तर, पुनर्बिमा कम्पनीका अध्यक्ष गुरागाईले जबरजस्ती बिमा कम्पनीहरुको व्यवसाय खोस्न खोजेका छन् । जुन अन्तराष्टिय अभ्यास विपरित पनि हो ।
किन भयो यस्तो ?
भर्खरै स्थापना भएको पुनर्बिमा कम्पनीलाई अहिले नाफा कमाउँने चटारो छ । अझ कम्पनीलाई भन्दा पनि अध्यक्ष गुरागाईलाई नाफा आर्जन गर्न हतार छ । उनलाई कम्पनीले राम्रो व्यवसाय गरेका देखाएर आफु सपलल भएको देखाउँन उत्तिकै हतारो पनि छ । त्यसमा पनि अध्यक्ष गुरागाई र अर्थमन्त्री डा.युवराज खतिवडा बिच मित्रताको सम्बन्ध छ । गुरागाईले त्यसैको फाईदा उठाउँदै मन्त्रीलाई प्रभाव पारी बजेट भाषणमा नै २० प्रतिशत हिस्सा नेपालीपुनर्बिमा कम्पनीलाई दिने व्यवस्था गर्न लगाएका हुन् । अघिल्लो आवमा पनि गुरागाईरले ३० प्रतिशत पुनर्बिमा नेपालमा नै अनिवार्य गर्न मन्त्रालयमा लबिगं गरेका थिए । जुन सम्भव भएन । तर, अर्थमन्त्री खडीवडासँग उनको राम्रो सम्बन्ध भएकै कारण यो व्यवस्था लागू गर्न उनी सफल भएका हुन् ।
त्यस्तै अध्यक्ष गुरागाईले अहिले बिमा समितिको अध्यक्ष पद ताकि रहेका छन् । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र अर्थमन्त्री बिच तालमेल नमिल्दा उनलाई हटाउँने प्रयास भइरहेको छ । र उनी समितिको अध्यक्ष पदका लागी दौडधुप गरीरहेका छन् । स्रोत अनुसार पुनर्बिमा कम्पनीमा आफु सफल भएको देखाएर उनी समितिको अध्यक्ष पद खाने दाउँमा छन् ।
त्यति मात्रै हैन पुर्नबिमा कम्पनीमा सरकार, बिमा कम्पनीहरु लगायत बिशाल समूह लगाएत को पनि लगानी छ । अध्यक्ष गुरागाई कम्पनीहरुलाई चुसेर ति व्यवसायीहलाई पोस्नका लागी पनि हतार गरिरहेका छन् ।
यसको असर के ?
पुनर्बिमा कम्पनीको आफनो निर्णय कम्पनीहरुलाई लादनु भनेको उसको दादागिरी हो । जसको कारण कम्पनीहरुको आम्दानी स्वत घट्ने भएको छ भने पुनर्बिमा कम्पनीको आम्दानी बढ्ने भएको छ । उक्त व्यवस्था अनुसार कम्पनीहरुले सानो भन्दा सानो बिमा पनि पुनर्बिमा कम्पनीलाई बाड्नुपर्ने भएको छ । जस्तै, यदि बिमा कम्पनीहरुले १ हजार रुपैयाँ एउटा बिमा गर्छन् भने पनि त्यसको २० प्रतिशत पहिला पुनर्बिमा कम्पनीलाई दिनुपर्नेछ । बाँकी रहेको ८० प्रतिशतमध्ये कम्पनीले आफुले धारणा गर्न सक्ने जोखिम राखेर बाँकी बल्ल पुनर्बिमा गर्नुपर्नेछ । अर्थात् यदी कम्पनीले आफैले जोखिम धारणा गर्न सक्ने क्षमता छ भने पनि उसले धारणा गर्न पाउँदैन । जबरजस्ती पुनर्बिमा कम्पनीलाई बिमा सेयर गर्नुपर्नेछ ।
के अब विदेशीने मुद्रा रोकिन्छ त ?
पुनर्बिमा कम्पनीले बारम्बार विदेशी रकम देश भित्र नै रोकिने भन्दै नेपाल पुनर्बिमा कम्पनीमा नै पुनर्बिमा गर्नुपर्ने नारा रटेका छन् त ? तर, यो भ्रम मात्र हो । यो व्यवस्था रकम रोकिने भन्दा पनि विदेशीने क्रम बढ्नेछ । सामान्यतया कुल बिमा बिमाशुल्कको ४०% रकम जति बिमा कम्पनीहरु स्वयंले धारण गर्न सक्छन् । बाँकी ६०% मात्रै पुनर्बिमा गर्छन् । तर, अब कम्पनीहरुले आफनो व्यवसायको हिस्सा पुनर्बिमा कम्पनीलाई बाड्नु पर्ने भएपछि पुनर्बिमा कम्पनीमा ठूलो हिस्सा जान्छ । उक्त हिस्सामा पुनर्बिमा कम्पनीको खुद धारणा गर्ने क्षमता भने बढ्ने छैन । त्यसैले अब झन् विदेशी रकम बढ्नेछ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












