बिचौलियाले सरकारी अनुगमन टोलीलाई कालीमाटीभित्रै थुने
काठमाडाैं ४, भदाै । कालीमाटी तरकारी बजार अनुगमनमा ब्यापारी तथा बिचौलियाहरुले अवरोध गरेका छन् । अनुगमनको बिरोधमा घेरा हालिएपछि सरकारी अनुगमन टोली नै लामो समय कालिमाटी बजारभित्रै थुनिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई बिचौलियाको समूहले आतंकित पार्न खाजेको थियो ।
आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै टोलीले कृषि मन्त्री र प्रहरीलाई खबर गरेका थियो । त्यसपछि प्रहरी बाक्लो मात्रामा परिचालन भयो र टोलीले बजारबाट निस्कियो ।
अनुगमनको बिरोधमा ब्यापारीहरुले बादविवाद गर्न थालेपछि अनुगमन टोली कालिमाटी बजार विकास समितिको कार्यालयमा ढोका थुनेर बस्न बाध्य भएको अनुगमन टोलीका सदस्य माधव तिमल्सिनाले जानकारी दिए । उनले प्रहरीको थप टोली आएर बिचौलियाहरुलाई हटाएपछि टोली बाहिर निस्किएको जानकारी दिए ।

बिहान ३ बजे नै आनुगमनमा पुगेको टोलीले टोलीले बिलबिजक नभएका २ वटा ट्रक नियन्त्रणमा लिएको थियो । तरकारी उत्पादन हुने क्षेत्रमा अनुगमन गरेर फर्किएको टोलीले काठमाडौं आइपुग्दा त्यसको मूल्य तेब्बरभन्दा बढी भएको निश्कर्ष निकाले पछि अनुगमनको योजना बनाएको थियो ।
तर, तरकारी लिएर आउने ब्यापारीसँग बिलबिजक माग्दा टोली नै लखेटिनुपरेको छ । सरकारी अधिकारीले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा बेहोर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
अहिले कृषि विकास मन्त्रालयका सचिव युवकध्वयज जिसी, विभागका महानिर्देशक लगायतका उच्च सरकारी अधिकारीहरु तरकारी बजारमा पुगेका छन् । ब्यापारीहरुले बजारको गेट बन्द गरेर अनुगमनको बिरोध गरिरहेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












