मुख खोल्यो गाउँपालिका महासंघले,स्थानीय तहको करको बिषयमा
काठमाडाैं ४, भदाै । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको अधिकार क्षेत्रमा गएका कतिपय कर पनि प्रदेश र केन्द्र सरकारले उठाउँदा दोहोरो करको गुनासो आएको बताएको छ ।
तर, संविधान र कानुन बमोजिम ल्याइएका करबारे टिप्पणी र विरोधकै आधारमा निराश नहुन सबै जनप्रतिनिधिलाई आहृवान पनि गरेको छ ।
स्थानीय तहहरुले लगाएको करबारे जनगुनासो बढ्दो छ । केही स्थानीय तहले क्षेत्राधिकार बाहिर गए समेत कर लगाएको पाएपछि केन्द्र सरकारले सच्याउन निर्देशन पनि दिएको छ ।
तर, गाउँपालिका महासंघले भने स्थानीय तहको कर तथा राजश्व नीतिलाई नकारात्मक प्रचारको आधार बनाइएको भन्दै असन्तुष्टि जनाएको छ । उसले सबै गाउँपालिकाबाट आर्थिक ऐन र कर प्रणालीबारे विवरण संकलन गर्ने बताएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७२ ले अझ विस्तृतिकरण गरिएको अधिकार क्षेत्रभित्र रहेर कर उठाइएको भन्दै महासंघले भनेको छ, ‘साविकका स्थानीय निकायहरुले प्रत्यक्ष कर उठाउने अभ्यास नगरेको र नागरिकमा लामो समय कर तिर्ने बानी नपरेकै कारण अहिले केही क्षेत्रमा साना तिना कर लगाउँदा असजिलो महशुस भएको हुनुपर्छ ।’
कतै अस्वाभाविक रुपमा कर वृद्धि गरी जनतालाई अप्ठ्यारो महसुस भएको भए सभामा छलफल गरी पुनरावलोकन गर्न पनि आहृवान गरेको छ । तर, संविधान र कानुन बमोजिम ल्याइएका करको विरोध भयो भन्दैमा निराश नहुन पनि आग्रह गरेको छ ।
‘स्थानीय तहको अधिकारक्षेत्रमा रहेका कतिपय करका क्षेत्रहरुमा प्रदेश तथा संघीय सरकारले अझै पनि असुल गरिरहेको पाइएकोले दोहोरो करको विषयलाई जनताले गरेको गुनासालाई जायज मान्नु पर्दछ र यस्ता दोहोरो कर प्रणाली अन्त्यको लागि तीनवटै तहका सरकारबीच समन्वय र समझदारी बढाउनु पर्ने देखिन्छ’ उसले भनेको छ ।
केही सञ्चार माध्यमले स्थानीय सरकारको काम कारवाहीलाई लिएर हतोत्साही गर्ने उद्देश्यले नकारात्मक समाचार प्रकाशन गरेको भन्दै गाउँपालिका महासंघले आपत्ति जनाएको छ ।
विज्ञप्ती हेर्नुहोस
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












